राजधानी सार्ने निर्णयलगत्तै धनगढीमा अनिश्चित्कालीन आमहडताल

१३ आश्विन २०७५, शनिबार १४:५४
 

सदरलाइनडटकम,
धनगढी : प्रदेश नम्बर सातको राजधानी सार्ने निर्णयको विरोधमा शनिवारदेखि धनगढीमा अनिश्चितकालीन बन्द गरिएको छ । राजधानी सार्ने निर्णयले गोदावरीको जैविकमार्ग र वन क्षेत्र विनास हुने भन्दै नागरिक समाज संघर्ष समितिले धनगढी बन्द गराएको हो ।
ट्राफिक चोक, शहिद गेट र बोराडाँडीमा बन्दकर्ताले यातायाका साधन चल्न दिएका छैनन् । बन्दका कारण शैक्षिक संस्था, कलकारखान, उद्योग, व्यवसाय सबै ठप्प छन् । संघर्ष समितिले शुक्रवार विज्ञप्ति जारी गर्दै प्रदेशसभामा प्रतिपक्षी दलका सांसदहरुसँग छलफलनै नगरी, बाहिर भईरहेको आन्दोलनको बेवास्ता गर्दै प्रस्ताव पास गरिएको आरोप लगाएको छ ।
प्रदेशसभाको दुई तिहाई बहुमतले शुक्रवार प्रदेशको नाम सुदूरपश्चिम र राजधानी गोदावरी नगरपालिकाको वडा नम्बर २ र ४ मा रहने निर्णय गरेको थियो । प्रदेशसभामा रहेका ५३ जना सदस्यमध्ये प्रस्तावको पक्षमा ३८ मत खस्यो भने विपक्षमा एक मत पनि परेन ।
प्रदेशसभामा सत्तापक्षका सभामुखसहित ३९ प्रदेशसभा सदस्य छन् भने कांग्रेसका १२ र राजपाका दुई सदस्य छन् । सभामुख बाहेकका सबै ३८ मत प्रस्तावको पक्षमा खसेको थियो । प्रदेश सभामा दर्ता भएको प्रस्तावमा राजधानीका लागि तेघरीस्थित नेपाली सेनाको ब्यारेकदेखि उत्तर–पश्चिम, गोदावरी सडकदेखि पश्चिम, गोदावरी खोलादेखि पूर्व, गोदावरी बजारदेखि दक्षिण चार किल्ला भएको क्षेत्र तोकिएको छ ।

Next Post

तीन वर्षभित्र पाइपलाइनबाट तेल आउने भारतीय पेट्रोलियम मन्त्रीको दाबी

१३ आश्विन २०७५, शनिबार १४:५४
सदरलाइनडटकम, धनुषा : नेपालको दुई दिने भ्रमणमा आएका भारत सरकारका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधानले भारतबाट निर्वाद रुपमा पेट्रोल नेपाल आओस् भन्ने चाहेको बताउनुभएको छ । जानकी मन्दिर दर्शनका लागि शनिवार बिहान जनकपुर आएका मन्त्री उनले नेपाली नागरिकको सुविधाको लागि निर्बाध रुपमा पेट्रोल पठाउन मोतीहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको काम […]