सदरलाइनडटकम,
बुटवल : चिरञ्जिवी आचार्यको हत्या अरोपमा पक्राउ परेका ४ जनालाई इलाका प्रहरी कार्यालय बुटवलले बुधवार सार्वजनिक गरेको छ । रुपन्देहीको पुर्वपश्चिम राजमार्गअन्तर्गत सैनामैना नगरपालिका वडा नं. १० सालझण्डी सामुदायिक वनमा गत जेष्ठ ६ गते २७ बर्षीय चिरञ्जिवी आचार्यको शव फेला पारेको थियो ।
सोही हत्याको आरोपमा इलाका प्रहरी कार्यालय बुटवलमा पत्रकार सम्मेलन गरी प्रहरीले हत्यामा संलग्न ४ जनालाई सार्वजनिक गरेको हो । कपिलवस्तु बाणगंगा ६ का ३३ वर्षीय रमेश बिक, २८ बर्षीय गोपाल खनाल, २४ बर्षीय बसन्त खत्री र २० वर्षीय राजु गुरुङले ५ गते राति स्थानीय रेष्टुरेण्टमा मदिरा सेवन गरेका थिए ।
मदिरा सेवन गरेपश्चात् मोवाइल हराएको बिषयमा बिवाद बढ्दै गएपछि आचार्यकै मोटरसाइकलमा जंगलमा लगेर हत्या गरी भागेको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
