सदरलाइनडटकम,
डाटी : डोटीमा फैलिएको पशुचौपाया मर्ने रोगको कारण पत्ता नलाग्दा दिनहुँ चौपाया मर्न थालेका छन् । करिब दुई महिनादेखि फैलिएको अज्ञात रोगका कारण डोटीमा दर्जनौं चौपाया मरेका हुन् ।
गाउँभरीमा चौपाया मर्न थालेपछि किसान चिन्तित भएका छन् । जिल्लामा पशु चिकित्सक नहुँदा चौपाया मर्ने समस्या बढेको स्थानीय बताउँछन् । जिल्लाको शिखर नगरपालिका १० बानेडुग्रीसैनमा केही महिना यतादेखि फैलिएको अज्ञात रोगका कारण पशुहरु मर्न थालेको स्थानीय वीरबहादुर बलायरले बताए ।
जिल्ला पशु सेवा कार्यालयले अहिलेसम्म रोग पत्ता लगाउन नसकेको वडाध्यक्ष मिनबहादुर बलायरले जानकारी दिए । उनका अनुसार अहिलेसम्म ५० चौपाय मरिसकेका छन् भने दजर्नौ चौपाया थला परेका छन् । चौपायाको मुखमा र्याल आउने, काँप्ने, छट्पटाउने र केही नखाने लक्षण देखिएपछि चौपाया मर्ने गरेको स्थानीयबासी बताउँछन् ।
Next Post
एशिया कप क्रिकेटमा भारत र पाकिस्तान बिजयी
६ आश्विन २०७५, शनिबार १५:२४
सम्बन्धित
-
१९ माघ २०८०, शुक्रबार १८:२२
नेपालगञ्ज १३ का कार्यवाहक वडाध्यक्ष कबडियालाई कैद
-
२३ आश्विन २०७४, सोमबार १७:४७
लोपोन्मुख जातको पुतको मौरी संरक्षणमा नेपाली सेनाका सेवा निबृत्त सुवेदार
-
२९ कार्तिक २०७७, शनिबार ०८:१७
बाँकेमा शनिवार ३१ जना डिस्चार्ज
-
२८ भाद्र २०७३, मंगलवार ११:०८
गुलरिया बजारमा सिसी क्यामरा जडान
-
५ फाल्गुन २०७६, सोमबार १८:२९
करमोहनाबासीद्वारा नेपालगञ्जमा प्रदर्शन
-
९ भाद्र २०७८, बुधबार १२:४४
कोरोना संक्रमणबाट भेरीमा दुई जनाको मृत्यु