खजुरामा पौडी पोखरीको निर्माण कार्य अन्तिम चरणमा

सदरलाइन संवाददाता ८ बैशाख २०८०, शुक्रबार १२:२६
 

खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकामा अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी निर्माणा अन्तिम चरणमा रहेको छ । वडा नम्बर ४ मा रहेको खजुरा मिनिपार्क एण्ड रिसोर्ट उद्यानले जिल्लामा दोस्रो अन्तर्राष्ट्रिय मापदण्डको पौडी पोखरी सञ्चालनमा ल्याउन लागेको हो ।

उद्यानका सञ्चालक टेक श्रेष्ठका अनुसार ‘स्वास्थ्य र सुरक्षको लागि, खेलाडी राष्ट्रको लागि’ भन्ने नाराका साथ उक्त पोखरी संञलनमा ल्याइन लागिएको हो । ‘यो पौडी पोखरी मनोरञ्जन गर्नका लागिमात्रै नभएर खेलाडी उत्पादन गर्ने उद्देश्यले पनि निर्माण गरिएको हो,’ सञ्चालक श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार उक्त पोखरीको लम्बाई २५ मिटर र चौडाई १२.५ मिटरको रहेको छ । जहाँ एकैपटक ६ जना खेलाडीले पौडिन सक्नेछन् । करिब २ करोड रुपैयाँ लागतमा निर्माण गरिएको पोखरीको गहिराई ३.५ फिटदेखि ७ फिटसम्म रहेको छ भने बालबालिकाका लागि छुट्टै १.५ फिट गहिराईको पोखरी निर्माण गरिएको छ ।

उक्त पोखरीमा प्रशिक्षणको समेत व्यवस्था गरिएको छ । लुम्बिनी प्रदेश प्रशिक्षक चन्दरराम चौधरीले नयाँ व्यक्ति तथा बालबालिकालाई प्रशिक्षण दिनेछन् ।


त्यस्तै पौडी पोखरीलाई आकर्षण गर्नका लागि वरिपरी विभिन्न स्थानका चित्रकला समेत पेन्टिङ गरिएको छ । भने सुरक्षालाई मध्यनगर गर्दै लकरको पनि व्यवस्था गरिएको छ ।

श्रेष्ठका अनुसार एक हप्तापछि उक्त पौडी पोखरी सञ्चालनमा आउने छ । पौडी पोखरीमा विद्यार्थी तथा बालबालिकाका लागि ३ सय र अन्य व्यक्तिका लागि ३ सय ५० रुपैयाँ शुल्क राखिएको श्रेष्ठले बताए ।

बाँकेमा थुप्रै पौडी पोखरीहरु रहेका छन् । तर अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी नेपालगञ्ज रंगशालामा मात्रै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा आइसिपी निर्माण अन्तिम चरणमा

८ बैशाख २०८०, शुक्रबार १२:२६
नेपालगञ्ज : नेपालगञ्जमा निर्माणाधिन एकीकृत जाँच चौँकी (आइसिपी) निर्माणको काम अन्तिम चरणमा पुगेको छ । निर्माणको जिम्मा पाएको भारतीय राजदीप बिल्डकन कम्पनीले ९० प्रतिशत काम सकेको शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई नेपालगञ्जका निमित्त आयोजना प्रमुख विजयकेशर खनालले बताए । उक्त कम्पनीले निर्माणको काम डिसेम्बर, २०२२ […]