स्थानीय तहमा सुशाशन सिकाउदै ‘साझेदारी’

२५ फाल्गुन २०७४, शुक्रबार १६:०४
 

   सदरलाइन / रुद्र सुवेदी
२५ फागुन, नेपालगन्ज : साझेदारी विकास परियोजनाले स्थानीय तह र निकायमा योजना छनौट, पारदर्शीता र सुशाशनको बारेमा सघाउदै आएको कारण बाँकेका स्थानीय तह सञ्चालनमा सहज भएको पाईएको छ ।
अमेरिकी सहयोग नियोग यूएसआईडीको सहयोगमा बाँकेमा इन्रुडेकको सञ्चालनमा रहेको साझेदारी विकास कार्यक्रमले जनप्रतिनिधिलाई हरेक बिषयमा प्रशिक्षण दिई ‘जान्ने’ बनाएको कारण उनीहरुले दैनिक जसो सम्पादन गर्दै आएका जनकार्यहरुमा सहजता भएको दाबी गरेका छन् ।
साझेदारी विकास परियोजनाले जनप्रतिनिधि नभएका बेला वडा नागरिक मञ्चलाई प्रशिक्षित गर्ने र आमनागरिकको सामाजिक चेतनाको विकासका लागि सहयोग गर्दै आएकोले यस्ता प्रकृतीका कार्यक्रमले निरन्तरता पाउन आबश्यक रहेको बाँके बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले बताए ।
उनले आफ्नो गाउँपालिकामा ‘साझेदारी’ले योजना छनौट गर्ने १४ चरण, गाँउपालिकामा राजस्वका ईण्किेटर तय गर्ने, समुदायमा आधारित मेलमिलाप केन्द्र मार्फत न्यायिक समितिलाई सघाउने र गाउपालिकाको डिजिटल प्रोफाईल तयार पार्ने जस्ता कार्यहरु सञ्चालनमा अग्रपंङ्गतीमा रहेर सहयोग गर्नुको साथै आवश्यक पुर्वाधारको कम्युटर, प्रिन्टर जस्ता सामग्रीहरु र आवश्यक तालिम उपलब्ध गराएको बताए ।
उनले गैर सरकारी संस्थाका कार्यक्रमहरु स्थानीय सरकारको सहयोगीका रुपमा सञ्चालन हुनेहुँदा केही फरक नपर्ने बताउदै भने,–‘साझेदारी कार्यक्रमले पहिला पनि सहयोग गरेकै थियो । अव यो परियोजनाको अन्तिम चरणमा छ । यसले सबै स्थानीय तहलाई सुशाशनको क्षेत्रमा राम्रो सहयोग गरेकोले निशर्त पुनः कार्यक्रम थपिनु पर्ने कुरामा हामी आशाबादी छौ । अव यसको व्यवस्थापन कसरी हुन्छ हामी पर्खेर बसेका छौं ।’


गाउँपालिकाकी उपाध्यक्ष सारदा रेग्मी विश्वकर्माले परियोजनाले बैजनाथ गाउँपालिकामा गरेका कामहरु गाँउपालिकाले संस्थागत गर्न नसक्दा सम्म परियोजना दोहरीनु पर्ने र जनप्रतिनिधिको क्षमता विकासमा अझ केही गर्न पर्ने आवश्यक रहेको बताईन ।
उनले भनिन–‘लामो समयपछि स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएका छन् । उनीहरुलाई दक्ष बनाउनको लागि अझै पनि तालिम तथा अन्य सहयोगको खाँचो रहेको छ ।’ उनले पालिकाको न्यायिक समितिमा आफुले नेतृत्व गर्ने भएको पनि साझेदारीको न्यायिक समितिलाई साझेदारीको सहयोग आवश्यक रहेको उल्लेख गरिन ।
यूएसआईडीको सहयोगमा सञ्चालित साझेदारी कार्यक्रम अन्र्तगत बाँकेका बिभिन्न गाउँपालिकामा राज्यको मुल प्रवाहमा नभएका समुदायलाई राज्यको मुल प्रवाहमा ल्याउनका लागि प्रशिक्षण, समूहगत बिभिन्न कार्यक्रम, आयमुलक कार्यक्रम, मेलमिलाप कार्यक्रम, समुदायिक विकासमा बिभिन्न सहयोगहरु गर्दै आएको थियो ।



खजुरा गाउँपालिकाकी उपाध्यक्ष एकमाया बिकले सन् २०१४ बाट बाँकेमा सुरु भएको सो कार्यक्रम बाँकेमा इन्रुडेकले सञ्चालन गर्दै आएको कार्यक्रम मध्ये एक उत्कृष्ठ कार्यक्रम भएको बताईन । उनले सो कार्यक्रमका माध्यामबाट पछि पारिएका समुदाय र व्यक्तिको अवस्थालाई माथि उकास्ने कार्यक्रमले प्रभावकारी काम गरेको भन्दै प्रशंसा गरिन ।
उनले भनिन्,–‘केही नजान्ने जनसमुदायले गाउँपालिकाबाट पाउने अधिकार र सुविधाका बारेमा जानकारी पाउनुको साथै गाउँमा हुने झैझगडाहरु मेलमिलापका माध्यमबाट दुबैलाई वीनवीनको माध्यामबाट समाधान पनि गरिएका छन् ।’ उनले गाउँपालिकामा आफु निर्वाचित भएर आउदा साझेदारीको कारण १४ चरणको योजना छनौट तथा निर्माण प्राविधिक नहुँदा पनि सहज भएको स्मरण गर्दै भनिन–‘योजना पहिला बने प्राविधिक पछि आए तर, पनि गाउपालिकाले छनौट गरेको योजनाहरु मै प्राविधिकलाई काम गर्न सहजभएको छ । यो साझेदारीसंगको सहकार्यका कारण सहज भएको हो ।’
राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष महाबिर ओलीले साझेदारीले सञ्चालन गरेका कार्यक्रमहरु निरन्तर चल्नुपर्नेमा जोड दिए । उनले स्थानीय तहलाई सक्षम र सवल बनाउने कुरामा साझेदारीको उल्लेखनिय भूमिका रहेको बताउदै भने–‘हामीलाई जनप्रतिनिधिले गर्ने काम कर्तव्यसंगै नीति निर्माण गर्न, योजना कार्यान्वयन, सुशाशन तथा वडाको प्रोफाईल तयार गर्नको लागि सहयोगी भएको छ । यस्ता कार्यक्रमहरुले निरन्तरता पाउनु पर्छ ।
इन्रुडेक बांँकेका अध्यक्ष धर्मलाल रोकायले कार्यक्रम समापनको चरणमा रहेको जानकारी दिए । उनले बाँकेका विभिन्न स्थानीय तहमा रहेर सुशाशन प्रबद्र्धनको सहयोगी भएर परियोजनाले काम गरेको बताए । उनले साझेदारीले १४ चरणका योजना छनौट, गाउँ प्रोफाईल, क्षमता अभिबृद्धि तालिम, आय आर्जान, गाउपालिकाको रेभेन्यु बढाउनको लागि योजना निर्माण, नागरिक वडापत्र तथा सुशाशन प्रबद्र्धनको लागि गाउपालिकाले आग्रह गरेको योजनामा सहयोग गर्दै आएको जानकारी दिए ।

 

Next Post

बालबिवाह रोक्न जनप्रतिनिधिको साझा प्रतिबद्धता

२५ फाल्गुन २०७४, शुक्रबार १६:०४
सदरलाइनडटकम २५ फागुन नेपालगन्ज : बाँकेको दुर्गम क्षेत्र राप्ती पारीको राप्तीसोनारी गाउँपालिकाका जनप्रतिनिधिहरुले आफ्नो क्षेत्रमा हुने बालबिवाह अन्त्यका लागि साझा प्रतिबद्धता जनाएका छन् । बालबिवाहले समाजमा महिला हिंसाका साथै महिलाहरुको भविष्य बढाएको भन्दै जनप्रतिनिधिले बालबिवाहका विरुद्ध स्थानीय तहमा खरो रुपमा उत्रिने प्रतिबद्धता जनाएका हुन् । महिला दिवसको अवसरमा आयोजना गरिएको […]