सदरलाइनडटकम,
काठमाण्डौ : एशिया कप क्रिकेटको ‘सुपर फोर’अन्तर्गतको खेलमा भारत र पाकिस्तान विजयी भएका छन् । भारतले बंगलादेशलाई र पाकिस्तानले अफगानिस्तानलाई पराजित गरेको हो ।
भारतले बंगलादेशलाई ७ विकेटले हराएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले ४९ दशमलव १ ओभरमा सबै विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो । १ सय ७४ रनको विजयी लक्ष्य भारतले तीन विकेट गुमाउँदै ३६ दशमलव २ ओभरमा पुरा गरेको थियो ।
एशिया कपमा भारतले आइतवार पाकिस्तानसँग खेल्नेछ ।
यस्तै दोस्रो खेलमा पाकिस्तानले अफगानिस्तानलाई ३ विकेटले हराएको छ । अफगानिस्तानले दिएको २ सय ५८ रनको लक्ष्य पाकिस्तानले ३ बल बाँकी छँदा ७ विकेट गुमाउँदै पुरा गरेको थियो । यसअघि निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै अफगानिस्तानले २ सय ५७ रन बनाएको थियो । अफगानिस्तानले पनि आइतवार बंगलादेशसँग खेल्नेछ ।
Next Post
भारत अधीनस्थ काश्मिरका प्रहरी अधिकारीद्वारा राजिनामा दिँदै
६ आश्विन २०७५, शनिबार १६:०२
सम्बन्धित
-
२४ माघ २०७४, बुधबार ०८:५८
७०% कर्मचारी अझै कार्यक्षेत्र पुगेनन्
-
१२ श्रावण २०७९, बिहीबार १४:५१
विश्व बाघ संरक्षण दिवसमा नेपालगञ्जमा सचेतना कार्यक्रम
-
१३ भाद्र २०७८, आईतवार २०:२६
धारिलो हतियार प्रयोग गरी श्रीमानको हत्या
-
२७ पुष २०७८, मंगलवार १२:४६
जयन्तीका अवसरमा पृथ्बी नारायणको शालिक अनावरण
-
२० भाद्र २०८०, बुधबार १३:४२
‘एटीएम’ राख्ने जिल्लामै पहिलो विद्यालय तुलसीपुर सेन्टर
-
१८ जेष्ठ २०८०, बिहीबार १३:४८
प्रचण्ड र मोदीले नेपालगञ्ज सुख्खा बन्दरगाह उदघाटन गरे