निर्वाचनमा वामदेवलाई पराजित गर्ने काँग्रेस प्रवक्ता शर्माको दाबी

६ आश्विन २०७५, शनिबार १३:५८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाली काँग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले नेकपाका नेता वामदेव गौतम जुनसुकै निर्वाचन क्षेत्रबाट उठेपनि काँग्रेसनै विजयी हुने दाबी गरेका छन् । नेपाल प्रेस युनियन बाँकेले शनिवार नेपालगञ्जमा गरेको पत्रकार भेटघाटमा उनले नेकपाले कुनै सिट खाली गराएर नेता गौतमलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएमा बर्तमान सरकारको जनमतको परीक्षण हुने बताए ।
प्रवक्ता शर्माले आर्थिक विकास र समृद्धिमा सरकारको अहिलेनै आलोचना गर्ने समय नभएपनि शान्ति सुरक्षाको सन्दर्भमा भने सरकार कमजोर देखिएको टिप्पणी गरे । दुई तिहाईको बहुमतले प्रधानमन्त्री बलियो नहुने भन्दै उनले कार्यक्षमताले मात्रै प्रधानमन्त्रीलाई साहसी बनाउने जिकिर गरे ।
प्रेस युनियन बाँकेका उपाध्यक्ष कृपाराम बाडियाको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस बाँकेकी सभापति किरण कोइराला, सचिव तप्त पौडेल, प्रदेश सांसद सुरेन्द्र हमाल, नेपालगञ्ज नगर सभापति प्रशान्त विष्टलगायतको उपस्थिती थियो ।

Next Post

करेन्ट लागेर दाङमा एकको मृत्यु, एक घाइते

६ आश्विन २०७५, शनिबार १३:५८
सदरलाइनडटकम, दाङ : करेन्ट लागेर दाङमा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । राप्ती गाउँपालिका–७ बड्का सिसहनियाँका २७ वर्षीय सुनिल चौधरीको करेन्ट लाग्दा घटनास्टलमै मृत्यु भएको छ भने २२ वर्षीय सदन चौधरी घाइते भएका छन् । कृष्णप्रसाद पौडेलको घरमा ढलान गरिरहेका बेला छडले विद्युतको तार छुँदा उनीहरुलाई […]