नेपालगञ्ज : नेपालमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्टको नाम डेल्टा राखिएको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका फरक प्रकारलाई नयाँ नाम दिने गरेको छ । त्यहीक्रममा नेपालमा फैलिएको नयाँ भेरियन्टको नाम डेल्टा भएको हो ।
वेलायत, दक्षिण अफ्रिका र भारतमा सबैभन्दा पहिला देखा परेका विभिन्न भेरियन्टलाई ग्रीक वर्णमालाका अक्षरहरूको प्रयोग गरिएको छ ।
नयाँ भेरियन्ट जहाँ पत्ता लाग्यो त्यहीँ ठाउँबाट चिन्ने गरिएकोमा विभेदपूर्ण भावना विकसित भएको भन्दै डब्ल्यूएचओले नयाँ प्रणालीबाट नामाकरण गरेको हो ।
जसअनुसार वेलायतको भेरियन्टलाई अल्फा, दक्षिण अफ्रिकी भेरियन्टलाई बिटा अनि भारतीय भेरियन्टलाई डेल्टा भनिएको छ ।
यसअनुसार नेपालमा भारतीय भेरियन्ट फैलिएकाले यसको नाम डेल्टा भएको हो । डेल्टाको प्रभावले नेपालमा ठूलो मानवीय क्षेती गरेको छ ।
भारत सरकारले त्यहाँ गत अक्टोबरमा सबैभन्दा पहिले यकिन गरिएको B.1.617.2 भेरियन्टलाई भारतीय भेरियन्ट भनिएकोमा आलोचना गरेको थियो ।