करेन्ट लागेर दाङमा एकको मृत्यु, एक घाइते

६ आश्विन २०७५, शनिबार १४:३२
 

सदरलाइनडटकम,
दाङ : करेन्ट लागेर दाङमा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । राप्ती गाउँपालिका–७ बड्का सिसहनियाँका २७ वर्षीय सुनिल चौधरीको करेन्ट लाग्दा घटनास्टलमै मृत्यु भएको छ भने २२ वर्षीय सदन चौधरी घाइते भएका छन् ।
कृष्णप्रसाद पौडेलको घरमा ढलान गरिरहेका बेला छडले विद्युतको तार छुँदा उनीहरुलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताए । घाइते चौधरीको लमही अस्पतालमा उपचार भइरहेको छ ।

Next Post

अज्ञात रोगका कारण डोटीमा चौपाया मर्दै

६ आश्विन २०७५, शनिबार १४:३२
सदरलाइनडटकम, डाटी : डोटीमा फैलिएको पशुचौपाया मर्ने रोगको कारण पत्ता नलाग्दा दिनहुँ चौपाया मर्न थालेका छन् । करिब दुई महिनादेखि फैलिएको अज्ञात रोगका कारण डोटीमा दर्जनौं चौपाया मरेका हुन् । गाउँभरीमा चौपाया मर्न थालेपछि किसान चिन्तित भएका छन् । जिल्लामा पशु चिकित्सक नहुँदा चौपाया मर्ने समस्या बढेको स्थानीय बताउँछन् । जिल्लाको […]