जाजरकोटमा २०३ जनाको रिपोर्ट नेगेटिभ

५ बैशाख २०७७, शुक्रबार १०:१०
 

सदरलाइनडटकम,
जाजरकोट : कोरोना भाइरसको आशंकामा जाजरकोटमा र्यापिड टेष्ट विधिबाट विभिन्न स्थानीय तहमा गरिएको २०३ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
बारेकोट गाउँपालिका, जुनीचाँदे गाउँपालिका, भेरी नगरपालिका र छेडागाड नगरपालिकामा गरिएको परीक्षणमा २०३ जनाको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । बारेकोटमा ५५, भेरीमा ८४, छेडागाडमा तीन र जुनीचाँदेमा ६१ जनाको कोरोना नमुना परीक्षण गरिएको हो ।
भारतलगायत अन्य मुलुकबाट आएकाहरुको र्यापिड टेष्टमार्फत परीक्षण गरिएको पन्तले बताए । कर्णाली प्रदेश सरकारको सहयोग र जाजरकोटका सातवटै स्थानीय तहको समन्वयमा स्वास्थ्य सेवा कार्यालय जाजरकोटले र्यापिड टेष्ट गर्न शुरु गरिएको हो ।

Next Post

आधारभूत वर्गको हितमा कामगर्न भुमिआयोगलाई मन्त्री अर्यालको निर्देशन

५ बैशाख २०७७, शुक्रबार १०:१०
सदरलाइनडटकम, काठमाडौं :  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नवनियुक्त भूमि सम्बन्धी समस्या समाधान आयोगका पदाधिकारीहरुलाई आधारभूत वर्गको हितमा काम गर्न निर्देशन दिएकी छन् । मन्त्रालयमा आयोजीत आयोगका पदाधिकारीको परिचयात्मक कार्यक्रममा मन्त्री अर्यालले त्यस्तो निर्देशन दिएकी हुन । आयोग गठनको मुख्य उद्देश्य भनेको लामो समयदेखि भूमिबाट बञ्चित […]