नेपालगञ्ज कोरा उल्लासपुर्ण रूपमा सम्पन्न

सदरलाइन संवाददाता ३० असार २०८०, शनिबार १७:३२
 

नेपालगञ्ज : साइकल प्रेमिहरुको महाउत्सवका रूपमा मनाईंदै आएको कोरा साइक्लिङ च्यालेन्ज २०२३ नेपालगञ्जमा समेत आयोजना गरिएको छ । ५ औं संस्करणका रूपमा आयोजना गरिएको यस बर्षको कोरामा ७ बर्षिय अभिनब चौधरी सहित ६५ जनाले सहभागिता जनाएका थिए ।

कार्यक्रममा नेपालगञ्ज एसओएस युवालयको समेत सहभागिता थियो । युवालयका डाइरेक्टर तुलाराम बिश्वास आफैं सहभागी लिएर कार्यक्रममा सहभागी भएको आयोजक नेपालगञ्ज साइक्लिङ क्लबका अध्यक्ष सतिश निरौलाले जानकारी दिए ।

बिहान ६ः३० बजे नेपालगञ्ज बौद्ध गुम्बाबाट शुरु गरिएको कार्यक्रमको शुभारम्भ भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बद्री चापागाईंले गरेका थिए ।


साइकल यात्रीहरुले नेपालगञ्जको बौद्ध गुम्बा, जामे मस्जिद, बागेश्वरी मन्दिर, हनुमानगढी मन्दिर, गुरुद्वारा, ज्योतिचर्च, त्रिशक्ती मन्दिर हुँदै चौलिक्का, ढोडे गाउँ, शिवपुरा इण्डो–नेपाल बोर्डर हुँदै जोगागाउँ मन्दिर भएर ३० किलोमीटरका यात्रीहरु नेपालगञ्ज फर्किए भने ५०÷७५÷१०० किलोमीटरका यात्रीहरु बर्दियाका केहि स्थल परिक्रमा गरि नेपालगञ्ज फर्किए भने एउटा समुह अगैया हुँदै नेपालगञ्ज फर्किएको क्लबका सचिव प्रदीप सापकोटाले जानकारी दिए ।

कार्यक्रमलाई भब्य र उल्लासमय वातावरणमा सम्पन्न गर्न सहभागिता जनाउने सम्पुर्ण साइकल यात्रीलाई आयोजक नेपालगञ्ज साइक्लिङ क्लबका अध्यक्ष सतिश निरौलाले धन्यवाद दिँदै आगामी दिनमा साइक्लिङका थप कार्यक्रमसमेत आयोजना गरिने बताए ।

कार्यक्रमका लागि कुनै पनि सरकारी तथा गैर सरकारी सस्था तथा व्यावसायिक प्रतिष्ठानबाट सहयोग नलिएर स्वयं सहभागी आफ्नै खर्चमा स्वस्फूर्त सम्पन्न गरिएको समेत क्लबले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

छुट्टाछुट्टै घटनामा परेर बाँकेमा दुईजनाको मृत्यु

३० असार २०८०, शनिबार १७:३२
कोहलपुर (बाँके) : छुट्टाछुट्टै घटनामा परेर बाँकेमा २ जनाको मृत्यु भएको छ । बाँकेको कोहलपुर नगरपालिकाको बिभिन्न स्थानमा भएको दुर्घटनामा २ जनाको मृत्यु भएको हो । कोहलपुर–११ मा भएको बाईक दुर्घटनाबाट नेपालगञ्ज १८ का सुभास राई र कोहलपुर ४ बेलनपुरमा सिक्टा सिँचाई आयोजनाको नहरमा डुबेर २३ वर्षीया तारा बस्नेतको मृत्यु […]

सम्बन्धित