सदरलाइनडटकम,
नेपालगञ्ज : प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेललाई नेकपाले ५ नम्बर प्रदेश कमिटिको इञ्चार्जको जिम्मेवारी सुम्पेको छ । नेपाल कम्ुूनिष्ट पार्टी (नेकपा)ले सातै वटा प्रदेशका अध्यक्ष, सचिव तथा इञ्चार्ज र सहइञ्चार्ज गर्दा उनलाई ५ नम्बर प्रदेशको इञ्चार्ज चयन गरेको हो ।
पोख्रेल प्रदेशस्तरको एकता कार्यदलका सदस्य समेत हुन् । ५ नम्बर प्रदेशमा अध्यक्षमा पुर्ब सभामुख ओनसरी घर्ती, सहइञ्चार्जमा दलबहादुर राना र सचिवमा जगप्रसाद शर्मा चयन भएका छन् । पोख्रेल र राना पूर्वएमाले तथा घर्ती र शर्मा पूर्वमाओवादी नेता हुन् ।
साविक एमालेमा पोख्रेल अध्यक्ष केपी शर्मा ओली र राना उपाध्यक्ष वामदेव गौतम निकट हुन् । नेकपा सचिवालयको शुक्रवार बसेको बैठकले सात वटै प्रदेश कमिटिको जिम्मेवारी बाँडफाँट गरेको हो ।
Next Post
मारवाडी युवाद्वारा नेपालगञ्जमा निःशुल्क क्यान्सर जाँच शिविर
५ आश्विन २०७५, शुक्रबार १७:००
सम्बन्धित
-
९ चैत्र २०७९, बिहीबार १३:२९
महेन्द्र बहुमुखीमा अनेरास्ववियुका माधव खत्री निर्वाचित
-
१४ फाल्गुन २०७८, शनिबार १५:४५
युक्रेनमा रहेका १९३ नेपाली जना सम्पर्कमा
-
२७ असार २०७६, शुक्रबार १९:१३
सभाहाल नेपालगञ्जमै बन्ने : मन्त्री राई
-
२६ मंसिर २०७५, बुधबार १५:००
जागिर सुनिश्चितताको माग गर्दै धर्ना
-
८ असार २०७६, आईतवार १९:००
बाँकेको जानकी गाउँपालिकाको पाँचौ गाउँसभा सुरु
-
२७ माघ २०७५, आईतवार १७:३०
माता सरस्वतीको पूजा गरी श्रीपञ्चमी मनाईंदै