सदरलाइनडटकम,
दाङ : पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी) देशको हितमा भएको भन्दै जसरी पनि संसदबाट पारित हुने बताएका छन् ।
नेपाल प्रेस युनियन दाङले आइतवार तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा नले एमसीसी नेपालका लागि फाइदाजनक भएकाले पारित हुनुपर्ने बताए । विकसित मुलकका लागि एमसीसी मुटुनै भएको भन्दै उनले यो पारित भए विद्युत व्यापार र विस्तारमा महत्वपूर्ण कार्य हुने जिकिर गरे ।
यस्तै उनले प्रदेश ५ को राजधानी छिटो टुंगो लगाउनु पर्ने भन्दै प्रदेश ३ कै जसरी ५ को राजधानी टुंगिने बताए । प्रदेश ३ जस्तै गरि राजधानी टुंग्याउनका लागि कांग्रेसले सोही अनुसार अगाडि बढ्ने देउवाको भनाई छ ।
