मारवाडी युवाद्वारा नेपालगञ्जमा निःशुल्क क्यान्सर जाँच शिविर

५ आश्विन २०७५, शुक्रबार १७:२५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : मारवाडी युवा मंचले नेपालगन्ञ्जमा निःशुल्क क्यान्सर जाँच शिविर सञ्चालन गरेको छ । क्यान्सरको शुरुवाती अवस्था पत्ता लगाई उपचारमा सहयोग पुर्याउने उद्देश्यले निःशुल्क क्यान्सर जाँच शिविर आयोजना गरिएको मारवाडी युवा मंच बाँकेका अध्यक्ष महेश अग्रवालले बताए ।
अखिल भारतीय मारवाडी युवा मंचको सहयोगमा आयोजना गरिएको शिविरमा मुखको सम्पूर्ण जाँचका साथै महिलाको पाठेघरको क्यान्सर, सुगर, ब्लडप्रेसर, रगतको सबै प्याथालोजी जाँचसमेत निःशुल्क प्रदान गरिएको शिविरका संयोजक प्रविण सरावगीले जानकारी दिए ।
दैनिक ८० हजार शुल्क तिरेर ‘क्यान्सर डिटेक्शन भ्यान’ ल्याएको उनले बताए । क्यान्सरको पहिलो ‘स्टेज’ पत्ता लगाउन सकिए मानिसको ज्यान जोगाउन सकिने भएकोले शिविर आयोजना गरेका सरावगीले जिकिर गरे ।
शिविरमा पाँचसय जनाको स्वास्थ्य जाँच गर्ने लक्ष्य रहेको भन्दै उनले शिविरमा आएका विरामीको निःशुल्क डिजिटल एक्स–रे सेवासमेत उपलब्ध गराइएको जानकारी दिए ।


Next Post

अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा खजुरामा निबन्ध प्रतियोगिता

५ आश्विन २०७५, शुक्रबार १७:२५
सदरलाइनडटकम,  खजुरा (बाँके)  :  अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा शान्ति र सद्भावका लागि विद्यार्थीको भूमिका विषयक निबन्ध प्रतियोगिता शनिबार खजुरामा सम्पन्न भएको छ । खजुरा गाउँपालिका गाउँ शिक्षा समितिको आयोजना तथा जनजागरण समाजको सहयोगमा मावि स्तरिय प्रतियोगिता गराईएको हो । शान्तिका लागि सद्भाव भन्ने मूल नारा सहित आयोजना गरिएको प्रतियोगितामा ज्ञानोदय […]