हिमपातका कारण भूकम्पपीडितको जनजीवन प्रभावित

सदरलाइन संवाददाता १८ मंसिर २०८०, सोमबार १३:३३
 

जाजरकोट : लेकाली भेगमा हिमपात हुन थालेपछि भूकम्पपीडितको जनजीवन प्रभावित भएको छ । भूकम्पको इपिसेन्टर बारेकोट गाउँपालिका–१ रामिडाँडालगायत सबै वडा र कुशे गाउँपालिकाका नौ वटै वडामा हिमपात भएको छ ।

हिमपात हुन थालेपछि भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका भूकम्पपीडित प्रभावित भएका हुन् । घरवासविहीन भएपछि गाँस, बाँस र कपासको समस्या झेलेका उनीहरु हिमपातका कारण थप पीडा थपिएको छ ।


गत कात्तिक १७ गते गएको भूकम्पले घर क्षतिग्रस्त भएर घरविहीन भएका उनीहरु राहतबाट पाएको त्रिपाल टाँगेर बस्न बाध्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चोरीको मोटरसाइकलसहित बाँकेमा ७ जना पक्राउ

१८ मंसिर २०८०, सोमबार १३:३३
नेपालगञ्ज : केही महिनायता बाँकेमा चोरीका मोटरसाइकलको स्वरूप नै फेरेर बेच्दै आएको गिरोह फेला परेको छ । दुई महिना यता मात्र बाँकेमा २२ वटा मोटरसाइकल चोरी भएका छन् । चोरी भएका सात वटा मोटरसाइकलसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगर क्षेत्रमा पछिल्लो समय मोटरसाइकल तथा स्कुटर चोरीका […]