बाँकेका जनप्रतिनिधिको प्रथामिकतामा परेन वार्षिक समिक्षा बैठक

३१ भाद्र २०७५, आईतवार १९:१७
 

सदरलाइनडटकम
नेपालगञ्ज : बाँकेका जनप्रतिनिधिको प्राथामिकता जिल्लाको वार्षिक समिक्षा बैठक नपरेको पाईएको छ । आईतबार जिल्ला समन्वय समिति बाँकेको वार्षिक समीक्षा कार्यक्रम नेपालगञ्जमा आयोजना गरिदा सो बैठकमा बाँकेका सांसददेखि स्थानीय तह प्रमुख उप–प्रमुखको प्राथामिकता मै सो बैठक पर्न नसकेको हो ।
जिल्ला समन्वय समितिका बाँकेका संयोजक अजय श्रीबास्तबको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बाँकेका दुई पालिकाको उपस्थिति नै रहेन । भने अन्य पालिकाका प्रमुख उप–प्रमुखको प्राथामिकता मै सो बैठक नपरेकोे कारण उनीहरुको उपस्थिति नै देखिएन ।
पालिकाले आफ्नो क्षेत्रमा वर्ष भरीमा गरेको विकास निर्माण तथा कार्यक्रमको बारेमा जानकारी गराउने तथा भएका काम कारवाहीको बारेमा छलफल गर्ने उद्देश्यले आयोजना गरिएको सो वार्षिक समीक्षा कार्यक्रममा प्रमुख उप–प्रमुख तथा प्रमुख प्रशाशकिय अधिकृत अनिर्वाय उपस्थिति हुनैपर्ने प्रवाधान छ ।
स्थानीय सरकार सञ्चालन कार्यविधिको दफा ९३ (ञ) ले दिएको अधिकार अनुसार हरेक वर्षको एक पटक जिल्लाका सबै पालिकाहरुको कार्यक्रमहरुको प्रगति तथा अवस्थाको बारेमा जानकारी गराउने गरी वार्षिक समिक्षा कार्यक्रम हुने भएपनि बाँकेका राप्तीसोनारी र नरैनापुर गाउपालिकाले भने सहभागिता नै जनाएन ।
जिल्ला समन्वय समिति बाँकेका संयोजक श्रीबास्तवले बार्षिक समिक्षा कार्यक्रममा बाँकेबाट प्रतिनिधित्व गर्ने प्रदेश तथा संघका सांसद र सवै पालिकालाई उपस्थितिको लागि खबर गरिए पनि दुई पालिकासहित कुनै पनि सांसदको प्राथामिकतामा नपरेको गुनासो व्यक्त गरे ।
उनले भने–‘ हामीले जिल्लाको विकासको लागि आफ्नो साधन स्रोतले भ्याएको सम्म सहयोग गर्न तयार छौ तर, यहाँ जिल्लाको विकासको लागि जन प्रतिनिधि बनेकाहरुलाई विकास निर्माणको बारेमा वार्षि समिक्षा बैठकमा सहभागि हुने फुर्सद छैन्, कस्तो विडम्बना ।’ उनले आफुले पनि व्यक्तिगत तवरले सबैलाई खबर गरेको बताए ।
सो कार्यक्रममा बैजनाथ गाउपालिकाका प्रमुख मानबहादुर रुचाल, कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत, खजुराका उप प्रमुख एकमाया विके, जिल्ला समन्वय समितिका उप–संयोजक ज्ञानेन्द्र चौधरी, जिल्ला समन्वय समितिका सदस्यहरु, तथा प्रशाशकिय प्रमुख मात्र उपस्थिति रहेको थियो ।
जिल्ला समन्वय समिति बाँकेका समन्वय अधिकारी हरि प्याकुरेलले स्वागत तथा समिक्षा बैठकको उदेश्यमाथि प्रकाश पारेको सो कार्यक्रममा विभिन्न ६ वटा पालिकाका प्रमुख प्रशाशकिय अधिकृतले आ–आफ्नो प्रस्तुती गरेका थिए ।  

Next Post

खुकुरी प्रहारबाट नेपालगञ्जमा दुई सिकिस्त

३१ भाद्र २०७५, आईतवार १९:१७
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेमा खुकुरी प्रहारबाट दुईजना गम्भीर घाइते भएका छन् । नेपालगञ्ज १ धम्बोजी चोकमा आइतवार बेलुका दुई समुहबिच विवाद भएपछि खुकुरी प्रहार गरिएको थियो । खुकुरी प्रहारबाट नेपालगञ्ज ८ का सुरेश कुर्मी र धम्बोझीका रोशन महतरा गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक रणबहादुर विष्टले बताए । […]