एमाले—माओवादी एकिकरण : रोपियो ‘एकता’को बिरुवा

३ जेष्ठ २०७५, बिहीबार १२:२०
 


सदरलाइनडटकम
३ ज्येष्ठ, नेपालगन्ज :  नेकपा एमाले र माओवादी केन्द्रका नेताहरूले बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संयुक्त वृक्षारोपण गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मदन आश्रित स्मृति दिवस तथा पार्टी एकताको खुशीयालीमा वृक्षारोपण गरेका हुन् ।
ओली र दाहालले एकरएक वटा जिन्को वाइलोवा नामको विरूवा रोपेका हुन् । जिन्को वाइलोवालाई विश्वको पुरानो वनस्पति
मानिन्छ । पार्टी एकता संयोजन समितिका अन्य नेताहरूले पनि विभिन्न फलफूल तथा जडिबुटीका विरूवा रोपेका छन् ।
विरूवा रोपेपछि एकता संयोजन समितिको बैठक बसेको छ । सो बैठकले पार्टी एकताको निर्णय गर्नेछ । नया“ पार्टी आजै निर्वाचन आयोगमा दर्ता गर्ने तयारी छ ।
सेतोपाटी अनलाइनबाट

Next Post

एमाले–माओवादी केन्द्रबीच एकता ९ सदस्यीय हाईकमाण्ड,  ४५ सदस्यीय स्थायी कमिटी, ४४१ सदस्यीय केन्द्रीय कमिटी

३ जेष्ठ २०७५, बिहीबार १२:२०
सदरलाइनडटकम   ३ जेठ, काठमाण्डौं : लामो प्रतिक्षा र अड्कलबाजीका बीचमा एमाले र माओवादी केन्द्रको बिचमा पार्टी एकता भएको छ । पार्टी एकतापछि बनेको नेकपा कम्युनिष्ट पार्टीमा ९ सदस्यीय हाइकमाण्ड गठन भएको छ । एकीकृत पार्टीको स्थायी कमिटी ४५ सदस्यीय हुनेछ, जसमा एमालेबाट २६ र माओवादीबाट १९ नेता हुनेछन् । यस्तै […]

सम्बन्धित