अब सुर्खेतको मेहलकुनाबाट नागरिकता पाईने

सदरलाइन संवाददाता ३० असार २०८०, शनिबार १३:५५
 

सुर्खेत : पुर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर– ७ मेहलकुना बजारबाट अब नागरिकता सेवा पाईने भएको छ ।

शनिबार ईलाका प्रशासन कार्यलयको उदघाटन भएसगैँ पुर्वी सुर्खेतका नागरिकलाई नागरिकता सेवा लिन वीरेन्द्रनगर जानुपर्ने बाध्यता हटेको हो । शनिवार एक कार्यक्रमका बिच उप–प्रधानमन्त्री तथा रक्षामन्त्री पुर्ण बहादुर खड्काले सो कार्यालयको भवन उदघाटन गरेका हुन् ।

प्रशासन कार्यालय उद्घाटन भएसङ्गै सिफारिस पत्र र नागरिकताको सेवा सुरू भएको छ । साथै दुई जना सेवाग्राहीहरूलाई आज नागरिकता प्रदान गरिएको थियो ।


उद्घाटन कार्यक्रममा बोल्दै उनले अब मेहलकुनामा ईलाका प्रहरी कार्यलय पनि छिटै सञ्चालन हुने बताए । उनले पोखरे मेहलकुना फोरलेनको काम तिव्र गतिमा भएको बताए । मेलकुनामा ५० सय्याको अस्पतालको काम पनि तिव्र गतिमा अघि बढेको बताउदै नेता खड्काले भेरीगंगा नमुना उपत्यका सहर २० वर्षमा तयार गरेर भावि पुस्तालाई नासो दिने उल्लेख गरे । उनले सुर्खेतलाई सुन्दर र हेर्ने लाएक बनाएर नयाँ पुस्तालाई अबसर दिने सङ्केत गरे ।

साथै मुलुकको अर्थतन्त्रले साथ नदिएको बताउदै उन्नती प्रगति हुन नसकेको नेता खड्काको भनाई थियो । उनले बाहिर देशहरूको लडाइँले आएमा असर परेको बताए । अहिले ७० वर्षको परिवर्तनलाई औँला ठडाउने काम भईरहेको भन्दै समयले अबसर र चुनौति दुबै दिएको उनले उल्लेख गरे ।

कार्यक्रममा कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री बेदराज सिंह, सामाजिक विकास मन्त्री खड्ग बहादुर पोखरेल, आन्तरिक मामिला तथा कानुन मन्त्री, कृष्ण बहादुर जिसी, सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुन, लेकबेशी नगरपालिका प्रमुख उमेश पौडेल, विभिन्न राजनीतिक दलका प्रतिनिधी कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सहमतिपछि प्रतिष्ठानको सेवा सञ्चालन

३० असार २०८०, शनिबार १३:५५
दाङ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ वर्षीय बालकको मृत्युको घटनालाई लिएर बिरामीका आफन्तले ठप्प पारेको सेवा शनिवारदेखि पुनः सञ्चालन भएको छ । अस्पताल प्रशासन र पीडित पक्षबीच सहमति भएपछि सेवा पुनः सञ्चालन गरिएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा विकास लामिछानेका अनुसार घोराही–३ का वडाअध्यक्ष रामप्रसाद […]

सम्बन्धित