कैलालीमा बसबाट खसेर बस मालिकको मृत्यु

सदरलाइन संवाददाता २१ कार्तिक २०७९, सोमबार १५:०७
 

कैलाली : कैलालीमा बसबाट खसेर बस मालिकको मृत्यु भएको छ ।

कैलालीको टीकापुर नगरपालिका–१ खड्गचोकमा आफ्नै बसबाट खसेर लम्की चुहा नगरपालिका–१ का ४० वर्षका विष्णु देवकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ ।


टीकापुरबाट धनगढी जाँदै गरेको ना ५ ख ५८७२ नम्बरमा यात्रु चढाउने क्रममा ढोकाबाट खसेर देवकोटाको च्यापिएर मृत्यु भएको हो ।

प्रहरीकाअनुसार मृतक देवकोटा खड्गचोकमा यात्रु चढाउन रोक्ने क्रममा बसको ढोकाबाट खसेका थिए । ढोकाबाट खसेका उनी पछाडीको चक्कामा च्यापिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सबैलाई न्याय हुने गरी काम गर्छु : उम्मेदवार राणा

२१ कार्तिक २०७९, सोमबार १५:०७
नेपालगञ्ज : नेपाली कांगे्रससहित पाँच दलिय गठबन्धनबाट बाँके, क्षेत्र नम्बर २ मा प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार सुदिप नरसिंह राणा आफूले गर्ने हरेक विकास निर्माणका काम सबै वर्गका जनताका लागि न्यायसम्मत हुने बताएका छन् । जनप्रतिनिधी सधैं जनमुखी हुनपर्नेमा जोड दिँदै उनले जनप्रतिनिधीले गर्ने काम न्यायसम्मत हुनुपर्ने बताए । नेपालगञ्जमा […]