विद्यालय कर्मचारीहरु आन्दोलित हुँदै

३१ भाद्र २०७५, आईतवार १८:३७
 

सदरलाइनडटकम,
नेपालगन्ज  : बाँकेका विद्यालय कर्मचारीहरु आफुमाथि चरम शोषण भएको भन्दै आन्दोलित हुने भएका छन् ।

 लामो समयदेखि विद्यालय कर्मचारीमाथि चरम शोषण र दमनमा भइरहेको भन्दै उनीहरुले आईतबार जिल्ला प्रशासन कार्यालय बाँके र जिल्ला शिक्षा विकास तथा समन्य इकाई बाँकेमा ज्ञापन पत्र बुझाएका छन् ।

विद्यालय कर्मचारी संयुक्त आन्दोलन परिचालन समितिका बाँकेका संयोजक विरेन्द्र यादवले जिल्लाका विद्यालयमा कर्मचारीहरुको चरम शोषण भइरहेको बताए ।


 सर्वाेच्च अदालतले २०६७ सालमा विद्यालय कर्मचारीहरुको सेवा, शर्त र सुविधा निश्चित गरि सेवा कानुन बनाई लागु गर्नु भनि दिएको आदेश कार्यान्वयन नभएको र शिक्षा ऐनमा कर्मचारीहरुलाई झुक्याउने गरि अस्पष्ट व्यवस्था गरिएको भन्दै आन्दोलन सुरु गरिएको यादवको भनाई छ ।

आन्दोलनका केन्द्रीय कार्यक्रम अनुसार उनीहरुले माग पुरा गराउन कालो पट्टी बाँधेर काम गर्नेदेखि काठमाडौमा रिले अनसनसम्मका कार्यक्रम तय भएको बताएका छन् । माग पुरा नभए विद्यालय बन्द गर्न बाध्य हुने उनीहरु बताउँछन् ।

Next Post

निर्मलालाई न्याय माग्दै नेपालगञ्जमा सिट्टी जुलुश

३१ भाद्र २०७५, आईतवार १८:३७
सदरलाइनडटकम, नेपालगञ्ज : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षिया किशोरी निर्मला पन्तका लागि न्यायको माग गर्दै आईतवार नेपालगञ्जमा सिट्टी जुलुश प्रदर्शन गरिएको छ । पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै प्रदर्शनकारीहरुले जिल्ला प्रशासन कार्यालय बाँके अगाडी सिट्टी फुँक्दै बिरोध प्रदर्शन गरेका थिए । निर्मलाका निम्ति न्याय माग गर्नका लागि बाँकेका कानून […]