सदरलाइनडटकम,
नेपालगञ्ज : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षिया किशोरी निर्मला पन्तका लागि न्यायको माग गर्दै आईतवार नेपालगञ्जमा सिट्टी जुलुश प्रदर्शन गरिएको छ ।
पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै प्रदर्शनकारीहरुले जिल्ला प्रशासन कार्यालय बाँके अगाडी सिट्टी फुँक्दै बिरोध प्रदर्शन गरेका थिए । निर्मलाका निम्ति न्याय माग गर्नका लागि बाँकेका कानून व्यावसायी, व्यापारी, विद्यार्थी, आधिकारकर्मी नगारिक समाज लगायतले ऐक्यबद्धता जनाएका थिए ।
प्रदर्शनमा ५ मिनेट सिट्टी बजाएर सांकेतिक बिरोध गरिएको थियो । सरकारले निर्मलालाई न्याय नदिए बाँकेमा थप आन्दोलन चर्काउने उनीहरुले चेतावनी दिएका छन् ।
