सदरलाइनडटकम,
कैलाली : कैलाली घटनाका मुख्य अभियुक्त रेशम चौधरीसहित ११ जनालाई कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । बुधवार फैसला सार्वजनिक गर्दै जिल्ला अदालत कैलालीले चौधरीसहितका ११ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।
न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासले यस्तो फैसला सुनाएको हो । घटनाको झन्डै ४२ महिनापछि अदालतको फैसला सार्वजनिक भएको हो । थरुहट नेता लक्ष्मण थारु र थारु कल्याणकारी सभाका जिल्ला अध्यक्ष लाहुरम चौधरीले भने सफाइ पाएका छन् ।
२०७२ भदौ ७ मा कैलालीमा भएको प्रदर्शनका क्रममा ८ प्रहरीसहित एक नाबलकको मृत्यु भएको थियो । उक्त घटनाको मुख्य अभियुक्त रेशम चौधरीलाई बनाइएको थियो । यो बीचमा उनी राजपाबाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित भइसकेका छन्। फैसलापछि चौधरीको सांसद पद स्वतस् खारेज भएको छ ।
