पत्रकार भन्दै सुरक्षाकर्मीसँग पैसा माग्ने पक्राउ

सदरलाइन संवाददाता २२ माघ २०७८, शनिबार १५:५८
 

नेपालगञ्ज : नेपालगञ्जबाट आफुलाई पत्रकारको परिचय बताउने मनोज तमोलीलाई प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्ज भन्सार सुरक्षार्थ खटिएका प्रहरी हवल्दार कुलबहादुर रावतसँग तमोलीले १० हजार रकम मागेका थिए ।

उनले उक्त रकम नदिए समाचार बनाइदिने भन्दै धम्काएका थिए । जानकी गाउँपालिका–६ गनापुर निवासी तमोलीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।


जमुनाहा प्रहरीका इन्चार्ज मिनबहादुर विष्टका अनुसार अनावश्यकरुपमा प्रहरीलाई धम्काएर रकम मागेको पाइएपछि तमोलीलाई नियन्त्रणमा लिइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माता सरस्वतीको पुजाआजा गरेर श्रीपञ्चमी मनाइयो

२२ माघ २०७८, शनिबार १५:५८
नेपालगञ्ज : विद्याकी देवी सरस्वतीको पूजा–अर्चना गरेर आइतवार श्रीपञ्चमी पर्व मनाइएको छ । वसन्त पञ्चमी पनि भनिने आजको दिनमा सरस्वती मन्दिरहरुमा पूजा गर्नेहरुको दिनभरी नै चहलपहल थियो । कोरोना भाइरस महामारीका कारण धेरैजस्तो विद्यालयले विद्यालयमा सरस्वती पूजाका कार्यक्रम आयोजना गरिएका थिएनन् । यस दिनलाई विद्या, बुद्धि, कला र संगीतको उन्नयनसँग […]

सम्बन्धित