सदरलाइनडटकम,
रुकुम : पिङबाट लडेर रुकुम पश्चिममा चार जना घाईते भएका छन् । घाईतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
आठविसकोट नगरपालिका ९ राडी बजारको चौतारा मेलामा खेलिरहेको पिङ भाँचिदा आठविसकोट नगरपालिका ४ गोतामकोटका ५२ वर्षीय कालिबहादुर विक, उनकी श्रीमती ५१ वर्षीया बेलमती विक, आठविसकोट नगरपालिका ११ गोइरीकी १४ वर्षीया दीपा सिंह र नलगाड नगरपालिका ८ हलचौरका ९ वर्षीय लोकेन्द्र खत्री घाईते भएका छन् ।
तीमध्ये कालिबहादुर र लोकेन्द्रको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरुको नगर अस्पताल आठविसकोट राडीमा उपचार भईरहेको छ । गम्भीर घाइते कालिबहादुर विकले नै उक्त पिङ सञ्चालन गरेका थिए । घाइतेमा हुनेमा पिङबाट खस्ने र पिङको तल बसेका स्थानीयहरू पनि रहेका छन् ।
