सदरलाइनडटकम,
काठमाण्डौ : ओमप्रकाश मिश्र सर्वोच्च अदालतको प्रधानन्यायाधिश हुने निश्चित भएको छ। संसदीय विशेष सुनुवाइ समितिको सोमवार बसेको बैठकले मिश्रको नाम सर्वसम्मत अनुमोदन गरेपछि उनी प्रधानन्यायाधिश हुने निश्चित भएको हो ।
समितिका अध्यक्ष लक्ष्मणलाल कर्णको अध्यक्षतामा बसेको बैठकले अनुमोदन गरेसँगै मिश्रलाई नेपालको २८औं प्रधानन्यायाधीश बन्ने बाटो खुलेको हो । मिश्रविरुद्ध परेका उजुरी र न्यायपालिकाको सुधारका लागि गर्नसकिने काममा विषयमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले अनुभव, योग्यता र अदालतको भावी कार्ययोजनाबारे जानकारी दिएका थिए ।
संवैधानिक परिषद्को सिफारिस संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधिश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
