चार वर्षीया बालिका बलात्कार आरोपमा कैलाली प्रहरीद्वारा एक किशोर पक्राउ

सदरलाइन संवाददाता १६ माघ २०७८, आईतवार १६:१९
 

चार वर्षीया बालिका बलात्कार आरोपमा कैलाली प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ। मोहन्याल गाउँपालिका वडा नम्बर ७ का १४ वर्षका किशोरलाई शनिबार प्रहरीले पक्राउ गरेको हो।

बालिकाको आफन्तले दिएको जाहेरीका आधारमा ती किशोरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। बालिका र किशोरको स्वास्थ्य परीक्षणसमेत गरिसकिएको प्रहरीले जनाएको छ।


कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीका अनुसार बालिकालाई आफन्तको जिम्मा लगाइएको छ भने किशोरमाथि थप अनुसन्धान भइरहेको छ।

शुक्रबार बालिकामाथि बलात्कार भएको जाहेरीमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सशस्त्रका सइको कुटाइबाट बाँकेमा एकजनाको कानको जाली फुट्यो

१६ माघ २०७८, आईतवार १६:१९
नेपालगञ्ज : बाँकेमा सशस्त्र प्रहरीका सइको कुटाइबाट एकजना सर्वसाधरण मानिसको कानको जाली फुटेको छ । डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित सशस्त्रको विओपी कालाबन्जरमा कार्यरत सइ हर्क थापाको कुटाइबाट स्थानीय मनोरथ धोवीको वाँया कानको जाली फुटेको हो । डुडुवा–६ मा ऐलानी जग्गा अतिक्रमणमा छ । उक्त अतिक्रमित जग्गा हटाउने बिषयमा गाउँपालिकाका अध्यक्ष नरेन्द्र […]