बीपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालय शिक्षण अस्पतालको सम्बन्धन दिन माँग

२७ भाद्र २०७३, सोमबार १२:१५
 

सदरलाइनडटकम, health news 27 (1)
२७ भदौ, काठमाण्डौ: स्वास्थ्य शिक्षा नागरिक सरोकार समाजले विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालय शिक्षण अस्पतालको सम्बन्धन् दिनुपर्ने माग गरेको छ । सोमबार रिपोर्टर्स क्लब नेपालमा सरोकार मञ्चले पत्रकार सम्मेलन गरेर मेची अञ्चलमा पूर्वाधारको प्रचुर मात्रा रहेको भन्दै विभिन्न पाँच बुँदे माग अघि सारेको हो ।
उसले अघि सारेका मागहरुमा सकभर प्रत्येक अञ्चलमा कम्तीमा एउटा शिक्षण अस्पतालको स्थापना हुनुपर्ने कुनै व्यक्तिलाई सरकारको काम कारवाहीलाई असर पुग्ने गरि कोही व्यीक्त अनशनमा बस्दैमा प्रक्रियागत रुपमा अघि बढेमा सबै प्रक्रियालाई सरकारले रोक्न नहुने र तत्काल सो को आवश्यक कारवाहि अघि बढाई कार्यान्वयन गर्नुपर्ने, वि.पि कोईराला स्वास्थ्थ विज्ञान प्रतिष्ठान धरानलाई शिक्षण अस्पताललाई सम्बन्धन प्रदानगर्न सक्ने अधिकार सम्पन्न मेडिकल विश्वविद्यालयको स्वीकृति प्रदान गर्नुपर्ने लगायत छन् ।
कार्यक्रममा चैतन्य प्रकाश मैनालीले आफ्ना मागहरूमा सरकारले गम्भीरता नदेखाए अनशन बस्ने चेतावनी दिए । उनले भने–‘नेपालको सुदुरपूर्व मेची अञ्चलका २६ लाख नेपाली जनताको आवाजहरूले भरिएका यी न्यायोचित मागहरूलाई सरकारले सम्बोधन गर्नैपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पत्रकार पन्नालाल गुप्ताको ८८ औं जन्मदिन मनाईयो

२७ भाद्र २०७३, सोमबार १२:१५
सदरलाइनडटकम, २७ भदौ, नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष तथा प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष एवम प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता चाचाजीको ८८ औं जन्मदिवस नेपालगन्जमा मनाईएको छ । २०३७ सालदेखि निरन्तर रुपमा साप्ताहिक किरणको सम्पादकको रुपमा क्रियाशिल रहदै आएका प्रेस स्वतन्त्रता सेनानी गुप्ता ८८ औ वर्षको जन्मदिन […]

सम्बन्धित