सदरलाइनडटकम,
दाङ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचेतक शान्ता चौधरीको घरमा चोरी भएको छ । घरमा कोही नभएको समयमा चोरले घरको मुलगेट, ढोकाको ताला फोडेर भित्र पसेर चोरी गरेको सचेतक चौधरीका स्वकीय सचिव सन्तोष दहितले बताए ।
नेता चौधरीका आफन्तहरुले सोमवार घरमा गएको समयमा गेटको ताला फोडिएको देखेपछि भित्र पस्दा घर भित्र रहेका दराजहरुको समेत ताला फोडेर सरसामान छरफस्ट अवस्थामा भेटेको चौधरीले जानकारी दिए । घटनालगत्तै नेता चौधरीका आफन्तहरुले प्रहरीलाई खवर गरेका थिए ।
चुनावको मतगणना सकिलगत्तै नेता चौधरी एक साता अघि काठमाण्डौ गएको हुँदा उनको घरमा कोही थिएनन् । नेता चौधरी अहिले घर नभएको हुँदा के–के सरसामान घरमा थिए र के कस्ता वस्तु चोरी भए भन्ने बारेमा थाहा हुन नसकेको चौधरीका स्वकिय सचिव दहितले जानकारी दिएका छन् । यस्तै घरमा कहिले चोर पसेको हो भन्ने बारेमा पनि जानकारी आउन सकेको छैन ।
