प्लानको सहयोगमा विद्यालयलाई कम्प्युटर हस्तान्त्रण

सदरलाइन संवाददाता १ असार २०७८, मंगलवार १९:४८
 


बर्दिया : प्लान इन्टरनेशनल नेपाल र सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारीमा संचालित आइसीटी ल्याब (लन परियोजना अन्तरगत) बाँके बर्दिया जिल्लाका बिभिन्न स्थानीय तहमा परियोजना संचालन भएका ७ वटा विद्यालयमा प्रबिधिमैत्री कक्षा शिक्षण सिकाइ कृयाकलाप संचालन तथा प्रबिधि मैत्री गुणस्तिरिय शिक्षा प्रदान गर्ने उदेश्यका साथ ३ वटा विद्यालयमा आइसीटी ल्याबका लागि सामाग्री हस्तारन्तरण गरिएको छ ।

खजुरा गाउँपालिका–४ मा रहेको जनकल्याण माध्यामिक विद्यालय, राजापुर नगरपालिका भित्रका मानपुर माध्यामिक विद्यालय,पदम कुमारी माध्यामिक विद्यालयमा सामाग्री सस्थाका टिमलिडर नेत्रकला शाहीले हस्तान्तरण गरिएको हो । हस्तान्तरणका क्रममा खजुरा गाउपालिका वडा नं ४ का वडा अध्यक्ष तिलबिर सुनार, शिक्षा शाखा प्रमुख खगेन्द्रबहादुर मल्ल, विद्यालयका प्रअ भिमबहादुर थाप, विद्यालय ब्यबस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारीहरु र राजापुर नगरपालिकामा विद्यालय ब्यबस्थापन समितिका पदाधिकारी विद्यालयक प्राधानाध्यपक लगायतको सहभागीता रहेको थियो ।

हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष सुनारले बिद्यालयको चौतर्फी बिकासका लागि प्लान इन्टरनेशनल नेपाल र स्याक नेपाल बाँकेले बिगत वर्षदेखि कार्यक्रम मार्फत गुणस्तरिय शिक्षाको क्षेत्रमा अतुलनिय सहयोग गदै आइरहेको र पुन विद्यालयमा बालमैत्री तथा प्रबिधि मैत्री सिकाइका लागि आइसिटीका सामाग्री सहयोगले सिकाइमा टेवा पुग्ने अपेक्षाका साथ सस्थाले दिएको सामाग्रीको उचित प्रयोग र यसको ब्यबस्थापनमा ध्यान दिने बताए ।

सस्थाको तर्फदेखि टिमलिडर नेत्रकला शाहीले विद्यालयको प्रबिधि मैत्री सिकाइमा सबै बालबालिकाहरुको पहुच पुग्नुका साथै गुणस्तिरिय शिक्षा प्रदान हुने अपेक्षाका साथ सामाग्रीको सुरक्षा ब्यबस्थापनमा विद्यालयले बिषेश ध्यान दिने बताईन ।

३ वटा विद्यालयमा आइसीटी ल्याबका लागि प्रति विद्यालय ६ सेट डेक्सटप कम्युटर, १ थान लेपटप, १ थान प्रोजेक्टर, ५ थान कम्युटर टेवल, ६ थान कम्युटर कुर्ची, ३ थान एलीडी टिभि, ब्यट्टी र इन्भटर १ सेट, पेन डाइप २ थान मल्टी पलग ५ सेट गरि कुल पाच लाख पचासहजार १ विद्यालयको हुने गरि ३ वटा विद्यालयमा १६ लाख पचास हजार बराबरको सामाग्री हस्तान्तरण गरिएको छ ।


राजापुर, बारबर्दियामा पुन ४ वटा विद्यालयमा समेत बितरण गरिने र परियोजना संचालन भएका ७ वटा विद्यालयमा ४० लाख वराबरको आइसिटि सामाग्री हस्तान्तरण गरिने योजना रहेको परियोजना अधिकृत लक्ष्मीप्रसाद शर्माले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उत्कृष्ठ कार्यगर्ने तीन प्रहरी पुरस्कृत

१ असार २०७८, मंगलवार १९:४८
बर्दिया : बर्दिया प्रहरी मातहतका विभिन्न ईकाई कार्यालय मध्ये उत्कृष्ट कार्य गर्ने ३ जना ईकाई कार्यलय प्रमुखहरु पुरस्कृत भएका छन् । जिल्ला प्रहरी कार्यालय बर्दिया अन्तरगतका उत्कृष्ट कार्य गर्ने ३ जना ईकाई कार्यलय प्रमुखहरु त्रैमासिक मुल्यांकनका आधारमा पुरस्कृत भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका ईन्चार्ज प्रहरी उपरिक्षक ईश्वर कार्कीले जानकारी दिए […]

सम्बन्धित