सदरलाइनडटकम,
काठमाण्डौ : निर्मला पन्त हत्या प्रकरणको छानबिनका लागि गठित उच्चस्तरिय समितिका सदस्य वीरेन्द्रबहादुर केसीले असुरक्षा भएको भन्दै राजीनामा दिएका छन् । कञ्चनपुरमा १३ बर्षीया किशोरी पन्त घटनाको अनुसन्धान करीब टुङ्गिईसकेको बेला समितिको म्याद थप्नुले आफ्नो हत्या हुनसक्ने भन्दै उनले जीवन रक्षाको माग गर्दै राजीनामा दिएका हुन् ।
रिपोर्टर्स क्लबमा सोमवार पत्रकार सम्मेलन गर्दै केसीले हत्याराबाट आफ्नो परिवारमाथि समेत खतरा रहेकोले विभिन्न अधिकारवादी संघसंस्थासँग जीवन रक्षाको अपील गरेका छन् । १५ दिनका लागि गृहमन्त्रालयका सहसचिव हरि मैनालीको नेतृत्वमा गठित समितिले भ्याईसक्दा पनि १५ दिनको म्याद थप्नुनै आशंका लागेर आफुले राजीनामा दिएको उनले जिकिर गरे ।
केसीले आफ्नो राजीनामा पत्रमा लेखेका छन्’–‘घटनाको छानविनको क्रममा सत्य तथ्य र मुख्य अपराधी पत्ता लगाउन लागिपर्ने अठोटसँगै क्रियाशील रहँदा म र मेरा परिवारलाई शक्तिशाली अपराधीबाट मलाई जुनसुकै समयमा पनि हत्या गर्न सक्ने सम्भावना रहेकाले, नेपाल सरकार, राष्ट्रिय मानवअधिकार आयोग, संयुक्त राष्ट्रसंघ मानवअधिकार आयोग, मानवअधिकार प्रवर्धन गर्ने राष्ट्रिय अन्तर्रा्ष्ट्रिय मानवअधिकारवादी संस्था, सरकार र राजनीतिक दल लगायतलाई मेरो जीवन रक्षाका लागि सहयोगको अपिल गर्दछु ।’