‘भलिबलको प्रवद्र्धनमा जोडिन पाउँदा खुसी लागेको छ’

२ फाल्गुन २०७४, बुधबार १९:४३
 

सदरलाइनडटकम
२ फागुन, नेपालगन्ज : पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगिताको ब्राण्ड एम्बेडसर तथा मिस नेपाल निकिता चाण्डकले महिला भलिबल प्रतियोगितासँग जोडिन पाउनु पाउँदा खुसी लागेको बताएकी छन ।
प्रणय दिवसको अवसरमा नेपालगन्जमा आएकी चाण्डकले महिला विकास र सशक्तिकरणका लागी महिला भलिबलसंग जोडिएर काम गर्न पाउनु गर्वको कुरा भएको बताइन ।
पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रि महिला भलिबल प्रतियोगिता बिहिबारदेखि नेपालगन्ज कभर्ड हलमा हुदैछ । प्रतियोगितामा सात टिमले खेल्दैछन ।
उनी प्रतियोगिताको प्रवद्र्धन गर्न निकितासँगै मिस नेपालको आयोजक हिडेन ट्रेजरका प्रमोटर एवम मिस नेपाल इभेन्टका निर्देशक सुवर्ण क्षेत्री नेपालगन्जमा आएका छन ।
महिला भलिबल प्रतियोगिताको सद्भावना दुतको रुपमा निकिताले प्रधानमन्त्री कप महिला भलिबलको विकास, प्रवर्दनमा सहयोग गर्ने आयोजकले बताएको छ । आयोजक बाँके जिल्ला भलिबल संघले हिडेन टे«जरसँग सहकार्य गरेर मिस नेपाललाई प्रतियोगिताको सदभावना दुतको रुपमा सम्झौता गरेको छ ।
निर्देशक क्षेत्रीले महिला विकासमा लागि मिस नेपाल र महिला भलिबल फरक विधा भएपनि महिला शसक्तिकरणमा दुबैले योगदान गरिरहेको बताए । उनले भने, मलाई खुसी लागेको छ । मिस नेपाल महिला भलिबलको सदभाव दुत भएकोमा । मिस नेपालले अन्तराष्ट्रिय क्षेत्रमा नेपालको प्रतिनिधित्व गरेको छ । खेलकुदले पनि नेपालको प्रतिष्ठालाई अन्तराष्ट्रिय स्तरमा लग्न सहयोग गरिरहेको छ ।
प्रणय दिवसमा नेपालगन्ज आएकी निकिताले भलिबलसँग माया बसेको बताइन । उनले भनिन, अहिलेसम्म मैले प्रणय दिवस मनाएको छैन । आज भलिबलसँग प्रणय दिवस मनाइरहेकी छु । यो पनि माया हो । अब भलिबलसँग म झन निकट भएकी छु । 

Next Post

पाँच नंम्बर प्रदेशको राजधानी बाँकेमा मागगर्दै हस्ताक्षर बुझाईयो

२ फाल्गुन २०७४, बुधबार १९:४३
सदरलाइनडटकम  २ फागुन, नेपालगन्ज  : पाँच नंम्बर प्रदेशको राजधानी बाँकेमा राख्नका लागि सरकारलाई दबाब दिइएको छ । बिहीबार बाँके राजधानीका लागि गठित संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । बाँके राजधानीका लागि दबाब दिने उद्धेश्यले संकलन गरिएको हस्ताक्षर प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीमार्फत प्रधानमन्त्रीलाई बुझाइएको […]