खजुरामा गाउँपालिकास्तरीय बाल संरक्षण समिति गठन

२४ भाद्र २०७५, आईतवार १७:५८
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : खजुरा गाउँपालिकाकी उपाध्यक्ष एकमाया विकको संयोजकत्वमा बाल संरक्षण समिति गठन गरिएको छ । वालबालिका संरक्षण परियोजनाअन्तर्गत आईतवार गाउँपालिकास्तरीय वालसंरक्षण समिति गठन गरिएको हो ।
सबै वडाका अध्यक्ष, शिक्षा समितिबाट विश्वराज ढकाल, स्वास्थ्य समितिबाट लक्ष्मी केसी, गैससका तर्फबाट खर्कबहादुर पुन र नन्दा बिक, सामाजिक सुरक्षा शाखाबाट राजेन्द्र वर्मा, वाल क्लव संजालबाट दीक्षा न्यौपाने र दिग्विजय सिंह, इलाका प्रहरी कार्यालयका तर्फबाट प्रहरी निरीक्षक मख्खन प्रसाद यादव, गाँउपालिका योजनाबाट दिल बहादुर पौडेल, महिला वालबालिका तथा सामाजिक विकास शाखाबाट सुशिला न्यौपाने, सञ्चार क्षेत्रबाट सहभागिता सहित २३ सदस्यीय समिति गठन गरिएको हो ।
गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले वालसंरक्षणका सवालमा स्थानीय समस्याहरु पहिचान गरी समाजमा जनचेतना जगाउन आवश्यक रहेको बताए । वाल संरक्षणमा परिवारको भूमिका महत्वपूर्ण हुने भन्दै उनले नवगठित समितिले २०७६ भदौ २४ सम्म खजुरा गाँउपालिकामा वाल संरक्षणका विषयमा प्रत्यक्ष अनुभूति हुने गरी काम गर्ने विश्वास व्यक्त गरे ।
यस्तै प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले दीगो बिकासको जगनै वालबालिका भएकाले उनीहरुको शिक्षा, स्वास्थ्य र संरक्षण जस्ता नैसर्गिक अधिकारबाट वालबालिकालाई बञ्चित गर्न नहुने धारणा राखे । स्याक र प्लान इन्टरनेशनल नेपालको सहकार्य एवं खजुरा गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा प्लान इन्टरनेशनल नेपाल फिल्ड कार्यालय नेपालगन्जकी कमला राईले वालबालिकालाई भेदभाव, शोषण, दुब्र्यबहार, अपहेलना, यौन शोषण जस्ता कार्यहरु गर्न नपाईने कानूनमै उल्लेख भएकाले सबैले चासो दिनुपर्ने बताइन् । उनले बाल संरक्षण सम्बन्धी राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रावधान, महासन्धि र त्यसले प्रत्याभूति गरेका विषयबारे सहभागीलाई जानकारी दिइन् ।

Next Post

कल्याणकारिणीबाट रुष्ट थारु अगुवाद्वारा अर्को समिति गठन

२४ भाद्र २०७५, आईतवार १७:५८
सदरलाइनडटकम, नेपालगन्ज : थारु कल्याणकारिणी सभा बाँकेको १० औं अधिवेशनमा पदाधिकारी चयनमा विवाद हुँदा रुष्ट थारु अगुवाले बाँकेमा छुट्टै समिति गठन गरेका छन् । बामपन्थी निकट थारु अगुवाको एक भेलाले बजारु चौधरीको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको चन्द्रबहादुर चौधरीले जानकारी दिए । उनका अनुसार, संस्थापन पक्षले एकलौटी रुपमा सदस्यता […]