अध्यक्ष चौधरीद्वारा सपथ ग्रहण

सदरलाइन संवाददाता ६ जेष्ठ २०७९, शुक्रबार १७:००
 

नेपालगञ्ज : स्थानीय तहमा नवनिर्वाचित अध्यक्षलाई सपथ ग्रहण गराइएको छ । शक्रबार एक समारोहका विच बाँके डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले सपथ ग्रहण गरेका छन् । बाँके जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस खडानन्द तिवारीले अध्यक्ष चौधरीलाई सपथ ग्रहण गराएका हुन् ।

सपथ लिभएका चौधरीले अब गाउँपालिका उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुलाई सपथ गराउने छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०९ (१) बमोजिम सपथ ग्रहण गराइएको छ । सो ऐनको दफा १०९ (२) अनुसार अध्यक्षले उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यहरुलाई सात दिनभित्र सपथ गराउनुपर्ने व्यवस्था रहेको छ । अध्यक्ष चौधरी डुडुवा गाउँपालिका अध्यक्षमा पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।


त्यस अवसरमा खजरा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष डम्बर विकलाई पनि मुख्य निर्वाचन अधिकृत तिवारीले सपथ ग्रहण गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरी अस्पतालमा आइतबार बिदा नहुने

६ जेष्ठ २०७९, शुक्रबार १७:००
नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालमा आइतबार बिदा नहुने भएको छ । अस्पतालमा बहिरंग (ओपिडी) लगायतका सेवा आइतबार पनि नियमित रुपमा चल्ने छ । अस्पतालका मेसु डा. वीरेन्द्रबहादुर चन्दका अनुसार आइतबार बिदा नहुने र पूर्ववत रुपमा ओपिडी लगायतका सेवा नियमित सञ्चालन हुनेछ । ‘शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय […]

सम्बन्धित