कल्याणकारिणीबाट रुष्ट थारु अगुवाद्वारा अर्को समिति गठन

२४ भाद्र २०७५, आईतवार १८:२६
 

सदरलाइनडटकम,
नेपालगन्ज : थारु कल्याणकारिणी सभा बाँकेको १० औं अधिवेशनमा पदाधिकारी चयनमा विवाद हुँदा रुष्ट थारु अगुवाले बाँकेमा छुट्टै समिति गठन गरेका छन् । बामपन्थी निकट थारु अगुवाको एक भेलाले बजारु चौधरीको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको चन्द्रबहादुर चौधरीले जानकारी दिए ।
उनका अनुसार, संस्थापन पक्षले एकलौटी रुपमा सदस्यता वितरण गरि आफु निकटकालाई मात्र कार्यसमितिमा राख्न खोजेपछि विवाद भएको बताए । ‘सहमतिको प्रयास गर्दागर्दै पनि जवरजस्ती नयाँ कार्यसमिति घोषणा गरेपछि अधिवेशन बहिष्कार गरि नयाँ तदर्थ समिति गठन गरेका हौँ,’ चौधरीले भने ।
रुष्ट पक्षीय थारु अगुवाको भेलाले सुधा थारुलाई उपाध्यक्ष, प्रशुनारायण चौधरीलाई सचिव, सन्तकुमार थारुलाई सह–सचिव र करुणा चौधरीलाई कोषाध्यक्षको जिम्मेवारी दिएको छ । सदस्यमा दिनेश थारु, रामशरण थारु, जनक थारु, प्रदेसु थारु, अन्जनी थारु, फत्तेसिंह थारु चयन भएको थारु अगुवा सुरेश थारुले बताए ।
शनिवार भएको अधिवेशन अवैधानिक भएको रुष्ट थारु अगुवाले दावी गरेका छन् । उनीहरुले अधिवेशनबाट चयन गरिएको भनिएको कार्यसमितिलाई मान्यता नदिने चेतावनी दिँदै आफू पक्षिय थारु अगुवाको भेलाले गठन गरेको समिति आधिकारिक भएको दावी समेत गरेका छन् । ‘कागजी अधिवेशनले चयन गरेको समिति बहुमत थारुले स्विकार गरेका छैनन्, बहुमत साधारण सदस्यको भेलाले गरेको समिति नै आधिकारिक हो,’ उनले भने ।

Next Post

गुगल कसरी बन्यो सर्च इन्जिनको बादशाह ?

२४ भाद्र २०७५, आईतवार १८:२६
तपाइँलाई केही प्रश्नको जवाफ थाहा छैन वा कुनै द्विविधा छ वा कुनै विषयको बारेमा तपाइँलाई धेरै जानकारी चाहिएको छ भने के गर्नुहुन्छ ? धेरैको जवाफ हुन्छः गुगल गर्छु । गुगल अहिले हाम्रो दैनिक जिवनीको हिस्सा बनिसकेको छ । इन्टरनेट प्रयोगकर्ताले गुगललाई आफ्नो साथी तथा शिक्षक भन्दछन् । गुगल यहीँ हप्ता […]