रोशनी–शरद हत्या काण्ड : शरदका साथी पक्राउ

सदरलाइन संवाददाता २ कार्तिक २०७९, बुधबार १४:०९
 

दाङ : तुलसीपुरमा किशोर– किशोरी हत्या काण्ड अनुसन्धनका क्रममा प्रहरीले बुधबार बिहान थप एक जनालाई पक्राउ गरेको छ ।

एकै साथ हत्या गरेको अवस्थामा फेला परेका मध्य १४ बर्षीय शरद आचार्यका मिल्ने साथीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

शरद र उनले एउटै फेसबुक आइडी प्रयोग गरेको तथ्य पत्ता लागेपछि उनलाई पक्राउ गर्नु परेको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।


‘एउटै फेसबुक दुई जनाले संग संगै चलाएको पाइयो,’ ती प्रहरी अधिकारीले भने ‘ कतै उनैले शरदका गोप्य सूचना लिक गरे कि, भन्ने आशंका उब्जिएको छ ।’

प्रहरीले तालिम प्राप्त कुकुरको सहयोगले मंगलबार स्थानीय जंगलमा रोशनी र शरदले प्रयोग गर्ने मोवाइल फेला पारेको थियो । घटना अनुसन्धनमा सहयोग पुगोस भनेर बाँकेको कोहलपुरबाट असोज ३० गते तालिम प्राप्त कुकुर तुलसीपुरमा ल्याइएको छ ।

ती दुबै मोवाइलहरु अनुसन्धानका लागि काठमाण्डौ पठाएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजन गौतमले बताए । ती मोवाइलको अध्यनले घटना अनुसन्धान थप सजिलो हुने प्रहरीको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको नरैनापुर गाउँपालिकामा खाद्य संकट शुरु

२ कार्तिक २०७९, बुधबार १४:०९
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकामा खाद्य संकट शुरु भएको छ । खाद्य संकट शुरु भएसँगै अधिकांश स्थानीय चिन्तित भएका छन् । बर्षेनि करिब ६० क्विन्टल धान उत्पादन गर्ने नरैनापुर ४ का इसराफिल खानको घरमा अहिले एक किलो पनि धान छैन । ६० क्विन्टल धान मध्ये परिवारका लागि खान पुग्ने […]