विभिन्न कार्यक्रम गरी बाँकेमा मनाइयो शिक्षा दिवस

२३ भाद्र २०७५, शनिबार १६:२१
 

सदरलाइनडटकम,
नेपालगन्ज : ‘समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पूर्वाधार’ भन्ने नारासहित शनिवार ३९ औँ राष्ट्रिय शिक्षा दिवस तथा ५२औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइएको छ ।
दिवसका अवसरमा बाँकेमा पनि विभिन्न कार्यक्रम गरिएका छन् । दिवसका अवसरमा डुडुवा गाउँपालिकाअन्तर्गतका सबै विद्यालयमा बृक्षारोपण गरिएको छ । डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियास्थित सरस्वती मावि भंघोटनामा ४० विरुवा रोपिएको प्रधानाध्यापक आशाराम कोरीले बताए । वातावरणलाई स्वच्छ तथा हराभरा राख्नका लागि विभिन्न प्रजातिका विरुवा रोपिएको उनले जानकारी दिए ।
दिवस मनाउन विद्यालयमा रुखका बिरुवा रोप्न र सरसफाई कार्यक्रम सञ्चालन गर्न यसअघिनै पत्राचार गरिएको शिक्षा शाखा प्रमुख रामइकबाल मण्डलले बताए । डुडुवाका सबै विद्यालयमा गरी करीब एक हजार विरुवा रोपिएको भन्दै उनले विभिन्न विद्यालयमा सरसफाई कार्यक्रमसमेत गरिएको जानकारी दिए ।
दिवसको पूर्वसन्ध्यामा शिक्षा मन्त्रलायले शुक्रबार ‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार नीति र कार्यक्रम २०७५’ घोषणा गरेको थियो । हाल प्राथमिक तहमा पढ्ने उमेरका बालबालिकाको भर्ना दर ९७ दशमलव २ प्रतिशत रहेको छ ।

Next Post

हेलिकप्टर दुर्घटनामा पाँचजनाको शव भेटियो, एक सिकिस्त, एकको अवस्था अज्ञात

२३ भाद्र २०७५, शनिबार १६:२१
सदरलाइनडटकम, काठमाण्डौ : शनिवार विहानैदेखि सम्पर्कविहीन भएको अल्टिच्युड एअरलाइन्सको हेलिकप्टर नुवाकोटको मेघाङ गाउँपालिका १ बर्सुङचेतको मैलुङपाखाको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । हेलिकप्टरमा सवार ७ जनामध्ये ५ जनाको शव भेटिएको छ । घटनास्थलमा एकजनाको अवस्था गम्भीर छ भने एकजनाको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक वसन्त कुँवरले […]