नेरेसो पुरैनी उप–शाखाको आयोजनामा ४ महिला सहित २४ द्वारा रक्तदान

सदरलाइन संवाददाता २३ फाल्गुन २०८१, शुक्रबार २३:२५
 

नेपालगञ्ज :  बाँकेको नेपाल रेडक्रस सोसाइटी पुरैनी उप–शाखाको आयोजनामा फाल्गुन २३ गते शुक्रवार ४ महिलासहित २४ जनाले रक्तदान गरेका छन् ।

नेपालगञ्ज उप–महानगरपालिका वार्ड नं.–१९ र २२ वडा कार्यालयको सहयोगमा आयोजित रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पुरैनी उप–शाखाका सभापति शिवकुमार वर्माद्वारा सञ्चालित, नेरेसो पुरैनी उप–शाखाका निर्वतमान सभापति फन बहादुर गुरुङ्गको अध्यक्षतामा, गैर सरकारी संस्था नेपाल बाँकेका अध्यक्ष तथा कार्यक्रमका प्रमुख आतिथि नमस्कार शाह पानसमा दीप प्रज्वलितका साथै रगत संकलन गर्ने पाकेट प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीलाई हस्तान्तरण गर्नुका साथै ब्यानर वाचन गरी रक्तदान कार्यक्रमको उद्घाटन गरेका थिए ।

नेपालगञ्ज उप–महानगरपालिका वार्ड नं.–२२ स्थित नेपाल रेडक्रस सोसाइटी पुरैनी उप–शाखाको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा युवा घरका अध्यक्ष मनबहादुर भण्डारीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा वडा नं.–१९ का काबा, वडाध्यक्ष राम सुहावन वर्मा, गौरव स्मृति तथा वियोरसेल्फ फाउन्डेसनका संरक्षक प्रदिप शाह, दिदी बहिनी समाज बाँकेकी अध्यक्ष रमादेबी शाह, बास नेपालका जन सम्पर्क अधिकृत माधव कार्की, नेपाली काँग्रेस नगर का.बा. सभापति धनराज वर्मा, नाइस नेपालका अध्यक्ष हेमराज भट्ट, सन्त निंरकारी मण्डल बाँकेका प्रमुख (मुखी) शिव प्रसाद गोडिया लगायतले शुभकामना ब्यक्त गरेका थिए ।


आयोजित रक्तदान कार्यक्रममा पुरैनी उप–शाखाका आजीवन सदस्य, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार तथा शतक रक्तदाता नेपालगञ्ज –१९ निवासी सञ्चारकर्मी पवन जायसवालले १ सय ३ पटक रक्तदान गरेका छन् ।

यसरी रक्तदान कार्यक्रममा ओम प्रकाश चौहान, बिशाल गोडिया, मनोज सिंह चौहान, रमिता शाह, हेमराज भट्ट, जोशिना थारु, जानकी बिक, प्रदिप बोहरा, सचिन साहनी, बिश्वास भण्डारी, दिनेश चौधरी, पुष्पा देवकोटा, मन बहादुर भण्डारी, तपेन्द्र बहादुर मलाती, बिजय रावत, शुद्ध प्रसाद थारु, अर्जुन गुरुङ्ग, चिरञ्जिवी शाही, रविस वर्मा, राजेश कुमार वर्मा, खुमराज बुढा, योगेश मल्ल, राजितराम अहिर लगायतले रक्तदान गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि नमस्कार शाह, अतिथि वडा नं.–१९ का काबा, वडाध्यक्ष राम सुहावन वर्मा, पुरैनी उप–शाखाका निर्वतमान सभापति फन बहादुर गुरुङ्ग, गौरव स्मृति तथा वि.योर.सेल्फ फाउन्डेसनका संरक्षक प्रदिप शाह, नेपाली काँग्रेस नगर काबा सभापति धनराज वर्मा लगायतले स्वयंसेवी रक्तदाताहरुलाई सर्ट र प्रमाण–पत्र बितरण गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि र अतिथिहरुलाई पुरैनी उप–शाखाकी उप सचिव मीरा अधिकारी र कार्य समितिका महिला सदस्य सुमित्रा मल्लले अबीर र खादा लगाएर स्वागत गरेका थिए । प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सोम प्रकाश सापकोटा, प्रशान्त तिवारी, सञ्जय बढही, सोनिया माँझी र पबित्रा जैसीले प्राविधिकमा सहयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महिलाका उपलब्धिहरूको सम्मान र लैंगिक समानताको लागि संघर्ष गर्ने दिन

२३ फाल्गुन २०८१, शुक्रबार २३:२५
नेपालमा महिलाले भोगेको लैंगिक हिंसा एक गम्भीर र संवेदनशील समस्या हो । यसका विरुद्ध समाजको सबै तहबाट सक्रिय संघर्ष र समर्थनको आवश्यकता छ । महिलाहरूलाई सुरक्षित र समान अधिकारका साथ जीवन यापन गर्नका लागि कडा कानूनी कदम, जनचेतना र सामाजिक समर्थन अत्यन्त आवश्यक छन् । लैंगिक समानता र महिला अधिकारका […]