बैजनाथमा पालिकास्तरिय प्रथम भलिवल प्रतियोगिता सुरु

सदरलाइन संवाददाता २३ फाल्गुन २०८१, शुक्रबार २२:२४
 

बैजनाथ (बाँके) :  नेपाल खेलकूद माहासंघ बैजनाथपालिका कमिटीको आयोजनामा प्रथम बैजनाथपालिका स्तरिय पुरुष खुल्ला भलिवल प्रतियोगिता सुरु भएको छ । फागुन २१ गतेदेखि २३ गतेसम्म संचालन हुने प्रतियोगिता नेपाल खेलकूद माहासघ बाँकेसंगको सहकार्यमा संचालन भएको हो ।

बैजनाथ गाउँपालिका वडानम्वर ३ स्थित बैरहवा खेल मैदानमा बिहिवार नेकपा एमाले लुम्विनीप्रदेश कमिटी सदस्य तथा नेपाल खेलकूद माहासंघकी स्थाई कमिटी सदस्य कृष्ण पाठकले गरेकी थिईन् ।

उद्घाटन सत्रको पहिलो खेलमा युनाईटेड क्लव सुतैया बिजय भएको थियो भने दोस्रो खेलमा च्याम्पक्लव जिगाउँले जित हात पारेको थियो । खेलकूद बिकासका लागि स्थानीय तहदेखि केन्द्रसम्म भौतिक पूवाधार, व्यवसायिक र प्रतिस्पर्धी खेलकूद गतिबिधिमा हाम्रो आधार भन्ने नारालाई युवाहरुका माझ खेलका माध्यामबाट पु¥याउनु पर्ने प्रमुख अथिती पाठकले बताईन् ।


मिसन ८४ लाई सफल पार्न युवाहरुलाई खेलका माध्यामवाट यसैगरि नै जोडनु पर्ने बिशिष्ठ अतिथि नेकपा एमाले केन्द्रिय सल्लाहाकार परिषद सदस्य तथा पूर्ब सिंचाई राज्यमत्री दल बहादुर सुनारले बताए ।

अहिलेका युवाहरुलाई गलत बाटोमा नलाग्न आग्रह गर्दै राष्ट्रको पहिचान र आफ्नो पहिचानका साथै भबिष्यलाई नै उज्जल बनाउन खेलक्षेत्रमा लाग्न नेकपा एमालेका बाँके जिल्ला कमिटीका सचिव बलराम भट्टराईले आग्रह गरेका थिए ।

नेपाल खेलकूदमाहासंघ बैजनाथपालिका कमिटीका अध्यक्ष सुरेन्द्र बिकको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल भलिबल संघ केन्द्रिय अध्यक्ष तथा नेकपाएमाले लुम्बिनी प्रदेश कमिटी सदस्य भिम वली, एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रुचाल, नन्द बिश्वकर्मा, एमाले बाँके जिल्ला कमिटी उप सचिव निर्मला सुनार, एमाले जिल्ला कमिटी सदस्य यवं नेपाल खेलकूद माहासंघ बाँके जिल्ला ईन्चार्ज यज्ञ पुन , जिल्ला कमिटी सदस्यहरु राजु रुचाल , कल्पना थापा, कुश्माखर बस्याल, केशव शाही नेपाल खेलकूद माहासंघ बाँके जिल्ला अक्ष्यक्ष होम सुनार र उपाध्यक्ष शिबेन्द्र भण्डारी लगाएतको उपस्थिती रहेको थियो ।

प्रथम पुरष्कार १५ हजार र द्धितिय पुरष्कार १२ हजार राशीको प्रतियोगीतामा नौ वटा टिमको सहभागीता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेरेसो पुरैनी उप–शाखाको आयोजनामा ४ महिला सहित २४ द्वारा रक्तदान

२३ फाल्गुन २०८१, शुक्रबार २२:२४
नेपालगञ्ज :  बाँकेको नेपाल रेडक्रस सोसाइटी पुरैनी उप–शाखाको आयोजनामा फाल्गुन २३ गते शुक्रवार ४ महिलासहित २४ जनाले रक्तदान गरेका छन् । नेपालगञ्ज उप–महानगरपालिका वार्ड नं.–१९ र २२ वडा कार्यालयको सहयोगमा आयोजित रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पुरैनी उप–शाखाका सभापति शिवकुमार वर्माद्वारा सञ्चालित, नेरेसो पुरैनी उप–शाखाका निर्वतमान सभापति फन बहादुर गुरुङ्गको […]

सम्बन्धित