जानकीमा ह्वीलचियर, सेतो छडी र वैशाखी वितरण

१२ असार २०७६, बिहीबार १९:०७
 


सदरलाइनडटकम, 
जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकाका शाररिक रुपले अशक्त अपाङ्गलाई बिहीबार ह्वीलचियर, सेतो छडी र वैशाखी वितरण गरिएको छ ।
वडा नं. १ साईगाउँ र वडा नं. २ बेलभारमा रहेका अपाङ्गहरुलाई मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत ८ थान ह्वीलचियर, ५ थान वैशाखी, ८ थान सेतो छडी वितरण गरिएको हो ।
जानकी गाउँपालिकाका सबै अपाङ्गलाई ह्वीलचियर, सेतो छडी र वैशाखी वितरण गर्ने योजना रहेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम बाँकेका जिल्ला सहजकर्ता केशव चालिसेले जानकारी दिए ।
जानकी गाउँपालिकाका छ वटा वडामा दुई सय ९६ अपाङ्ग रहेका छन् । ती मध्ये पूर्णरुपमा अपाङ्ग रातो कार्डप्राप्त ३८ जनालाई ह्वीचियर वितरण गरिने चालिसेले बताए ।
उनका अनुसार, खुला दिसामुक्त अभियानमा सहयोग पु¥याउन अपाङ्गहरुलाई एक सय थान सरसफाई किट पनि वितरण गरिएको छ । सो अवसरमा वडा नंं.१ का अध्यक्ष मोहम्मद रजा राई, वडा नं. २ का अध्यक्ष चन्द्रिका गुप्ता, कार्यपालिका सदस्य टिकाराम सुनार, स्वास्थ्य शाखा सह संयोजक दलबहादुर राना लगायतको सहभागिता रहेको थियो ।
बाँकेको जानकी, डुडुवा र नरैनापुर गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम लागू भएको छ । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले गाउँपालिकाका अति गरीब, विपन्न र आर्थिक रुपले पछाडि परेका परिवारलाई प्रत्यक्ष सहयोग हुने गरी कार्यक्रम सञ्चालन गरिएको बाँके जिल्ला सहजकर्ता चालिसेले जानकारी दिए । 

Next Post

जानकीमा अध्यक्ष कप प्रतियोगिता शुरु

१२ असार २०७६, बिहीबार १९:०७
सदरलाइनडटकम, जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकामा माध्यमिक विद्यालयस्तरीय प्रथम राष्ट्रपति रनिङशिल्ड एवम् जानकी गाउँपालिका अध्यक्ष कप २०७६ बिहीवारदेखि शुरु भएको छ । प्रतियोगिताको गाउँपालिका उपाध्यक्ष भूमिसरा धितालले एक समारोहका बीच उद्घाटन गरेका छन् । प्रतियोगितामा गाउँपालिकाअन्तर्गतका तीनवटा सामुदायिक र दुईवटा निजी विद्यालयका विद्यार्थीको सहभागिता रहेको गाउँपालिका युवा, खेलकुद तथा […]