अभियुक्त सार्वजनिक गर्न महिला नेत्रीको माग

१९ भाद्र २०७५, मंगलवार १८:४६
 

सदरलाइनडटकम,
नेपालगन्ज : बालिका बलात्कारको आरोपमा पक्राउ परेका हजुरबुवालाई सार्वजनिक गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापनपत्र बुझाइएको छ । नातिनी बलात्कारको आरोपमा पक्राउ परेका ७९ बर्षीय हजुरबुवालाई सार्वजनिक गर्न माग गर्दै महिला अधिकारकर्मीहरुले प्रमुख जिल्ला अधिकारीलाई मंगलबार ज्ञापनपत्र बुझाएका हुन् ।
महिला नेत्री बसन्ती अधिकारीले बालिका बलात्कारमा संलग्न हजुरबुवालाई तत्काल सार्वजनिक गर्न माग गरिन् । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बलात्कारमा संलग्न व्यक्ति पक्राउ परेकोले पीडकले उन्मुक्ति नपाउने दाबी गरे ।
कोहलपुर ५ मा १३ बर्षीया नातिनीलाई उनकै हजुरबुवाले तीनबर्षदेखि लगातार बलात्कार गर्दै आएको भन्दै जाहेरी परेको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले घटनाबारे अनुसन्धान भईरहेको बताए । बालिकालाई न्याय दिलाउन प्रहरी गम्भीर रहेको भन्दै उनले घटनाको निष्पक्ष अनुसन्धान हुनेमा ढुक्क रहन आग्रह गरे ।

Next Post

ओभरीमा निर्माण गरिएको सर्पदंश उपचार केन्द्र सञ्चालनमा

१९ भाद्र २०७५, मंगलवार १८:४६
सदरलाइनडटकम, राप्तीसोनारी (बाँके)  :  पूर्वपश्चिम राजमार्गको ओभरीमा निर्माण गरिएको सर्पदंश उपचार केन्द्र मंगलबारदेखि सञ्चालनमा ल्याईएको छ । २९ लाख २६ हजार ३ सय ६४ रुपैयाको लागतमा निर्माण भएको सो सर्पदंश उपचार केन्द्रको राप्तीसोनारी गाउपालिकाका अध्यक्ष लाहुराम थारुले उद्घाटन गरेका हुन । गाउँपालिकाले २० लाख ५० हजार र बाँके राष्ट्रिय निकुञ्जको […]