हेलिकप्टर दुर्घटनामा पाँचजनाको शव भेटियो, एक सिकिस्त, एकको अवस्था अज्ञात

२३ भाद्र २०७५, शनिबार १७:०५
 
फाइल तस्विर

सदरलाइनडटकम,
काठमाण्डौ : शनिवार विहानैदेखि सम्पर्कविहीन भएको अल्टिच्युड एअरलाइन्सको हेलिकप्टर नुवाकोटको मेघाङ गाउँपालिका १ बर्सुङचेतको मैलुङपाखाको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । हेलिकप्टरमा सवार ७ जनामध्ये ५ जनाको शव भेटिएको छ । घटनास्थलमा एकजनाको अवस्था गम्भीर छ भने एकजनाको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक वसन्त कुँवरले बताए ।
घटनास्थलमा पाँचजनाको शव भेटिएपनि कसैको सनाखत हुन नसकेको डोल्मा डिकीमात्र जीवित रहेको उनले जानकारी दिए । प्रतिकुल मौसम र घना जंगलका कारण दुर्घटनास्थल पहिचान गर्न समय लागेको प्रहरीले बताएको छ ।
गोरखाको सामागाउँबाट काठमाडौं लागि शनिबार बिहान ६ बजेर ५७ मिनटमा उडेको ९ एनएएलएस कलसाइनको हेलिकप्टर उडेको केहीबेरमै सम्पर्कविहीन भएको थियो । जबकी उक्त हेलिकप्टर ८ बजेर १८ मिनटमा काठमाण्डौमा अवतरण गर्ने तालिका थियो । हेलिकप्टर काठमाण्डौबाट पर्यटक लिई शनिबार बिहान गोरखाको सामागाउँ पुगेको थियो ।
हेलिकप्टरमा क्याप्टेन निश्चल केसीसहित जापानी नागरिक हिरोमी कोमात्सु, रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखाका ल्होकी आनी डोल्मा डिकी, सम्दोका छोवाङ नुर्बु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ सवार रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको थियो ।

Next Post

शिक्षा दिवसका अवसरमा खजुराका उत्कृष्ट विद्यार्थी सम्मानित

२३ भाद्र २०७५, शनिबार १७:०५
सदरलाइनडटकम, खजुरा (बाँके) : शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा एसईईमा उत्कृष्ट सामुदायिक विद्यालय र संस्थागत विद्यालयका छात्रछात्रालाई खजुरा गाउँपालिकाले पुरस्कृत गरेको छ । दिवसका अवसरमा ज्ञानोदय माविमा शनिवार आयोजित कार्यक्रममा अवकाश प्राप्त शिक्षकहरुलाई समेत सम्मानित गरिएको थियो । सामुदायिक विद्यालयतर्फ जनता नमुना माविबाट एसईईमा उत्कृष्ट अंक ल्याउने छात्रा महिमा […]

ताजा अपडेट