सदरलाइनडटकम,
जुम्ला : जुम्लास्थित खलंगा बजारको होटलमा आगलागी भएको छ । चन्दननाथ नगरपालिक ५ नेवाकिचन खाजा घरमा शनिवार आगलागी भएको हो । जिल्ला प्रशासन कार्यालयअगाडि रहेको नवराज श्रेष्ठको घरमा आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालयलय नजिक भएको कारण तत्काल दामकल र विपद् व्यवस्थापकको टोली नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय युवाहरुको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । श्रेष्ठले आफ्नै घरमा होटल व्यवसाय गर्दै आएका थिए ।
सुत्ने कोठा भएकाले सोलरको ब्याट्री तथा पूजापाठ गर्दा आगलागी भएको हुनसक्ने आशंका प्रहरीको छ । दमकल समयमै पुगेका कारण ठूलो क्षति हुनबाट जोगिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् ।
