सदरलाइनडटकम,
खजुरा (बाँके) : युवा संघ खजुराका नेता किरण क्षेत्रीमाथी बिहिवार खजूरा बजारमा आक्रमण भएको छ । रड र खुकुरी प्रहार गरी एक्कासी ज्यान मार्ने प्रयास भएपछि भागेर ज्यान जोगाएको क्षेत्रीले बताए ।
आफुलाई जोगाउने क्रममा घुँडा र पाखुरामा चोट लागेको क्षेत्रीले बताए । बिहीवार विहान साढे १० बजे कारमा सवार ५ जनाको समुहले ज्यान लिने प्रयास गरेपछि आफु ईलाका प्रहरी कार्यालय धनौलीमा पुगेर ज्यान जोगाएको उनले बताए ।
यसैबीच घटनाको निन्दा गर्दै युवा संघ बाँकेका कोषाध्यक्ष एवं खजुरा गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तिलकवीर सुनारले योजनावद्ध तरिकाले क्षेत्रीमाथि आक्रमण भएकोले दोषीलाई तत्काल पक्राउ गरी कारबाहीको माग गरेका छन् ।


