सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरामा सञ्चालित किशोरकिशोरीहरुका लागि तीन दिने जीवन उपयोगी तालिम शनिवार सम्पन्न भएको छ । फेल्म नेपाल संस्थागत विकास सञ्जाल ललितपुरको सहयोग तथा जनजागरण समाज खजुरा बाँकेले आयोजना गरेको तालिममा ३६ जना किशोरकिशोरीको सहभागिता थियो ।
तालिममा किशोरकिशोरीको शारीरिक परिवर्तन, ब्यवहारमा आउने समस्या, लागुऔषध दुब्र्यसनीबाट बच्न सकिने उपाय र किशोरकिशोरीको भूमिकालगायतका विषयमा प्रशिक्षण दिईएको जनजागरण समाज बाँकेका प्रमुख ब्यवस्थापक रामबहादुर पुनले जानकारी दिए ।
बिशेष गरेर मधेशी मुस्लिम समुदायका किशोरकिशोरी सहभागी तालिममा संस्थागत विकास सञ्जालका कार्यक्रम अधिकृत प्रसना राई र जनजागरणका सुपरभाईजर रामनरेश प्रजापतिले प्रशिक्षण दिएका थिए ।


