सदरलाइनडटकम,
नेपालगन्ज : भारतबाट अवैधरुपमा भित्र्याइएको ठूलो परिमाणमा बोइलर कुखुरा शनिवार सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वार्टर राजश्व तथा भन्सार गस्ती सुरक्षा बाँके नं. ४० गुल्मबाट सशस्त्र प्रहरी नायब निरीक्षक द्रोणबहादुर बुढाको नेतृत्वमा गएको टोलीले करीब ८ सय किलो कुखुरा बरामद गरेको हो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ ढोढेगाउँबाट बरामद गरिएको करीब डेढलाख मूल्य बराबरको उक्त कुखुरा क्षेत्रीय पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जमा बुझाई नष्ट गरिएको सशस्त्र प्रहरीले बताएको छ ।


