२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

ईलेक्ट्रोनिक्स तथा मोबाईल ब्यवसायी संघद्वारा रक्तदान



CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

सदरलाइनडटकम कोहलपुरः ईलेक्ट्रोनिक्स तथा मोबाईल ब्यवसायी संघले शनिवार कोहलपुरमा रक्तदान कार्यक्रम गरेको छ । संघको कोहलपुर शाखाको आयोजना एवं त्यहाँस्थित रेडक्रसको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा ५० पिन्ट भन्दा बढी रगत संकलन भएको संघका शाखा अध्यक्ष रमणीप्रसाद शर्माले बताए ।
रक्तदान कार्यक्रममा कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारी, महासचिव तेजप्रसाद अधिकारी, रेडक्रसका शाखा अध्यक्ष नारायण गौडेल, नेकपाका नेताहरु खिलप्रसाद भुषाल, तेजप्रसाद चापागाँईलगायतका व्यक्तिहरुले रक्तदान गरेका थिए ।

प्रकाशित मिति : २०७५ साउन २६ गते शनिबार
ताजा समाचार