सदरलाइनडटकम,
काठमाण्डौ : अफगानिस्तानी राष्ट्रपति अशरफ घानीको निवास नजिकै रकेट प्रहार भएको छ । राजधानी काबुलमा राष्ट्रपति घानीले टेलिभिजनमार्फत प्रत्यक्ष सम्बोधन गरिरहँदा मंगलवार रकेट प्रहार भएको हो । इद अल–अदाको अवसरमा उनी सम्बोधन गरिरहँदा रकेट प्रहार भएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।
कूटनीतज्ञहरुको निवासलाई लक्षित गरि आक्रमण गरिएको र राष्ट्रपतिको निवास नजिकै रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।
रकेट प्रहारपछि उक्त क्षेत्रको आकाशमा धुवाँ र धुलो उडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । रकेट आक्रमणलगत्तै त्यहाँ बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । क्षतिको विवरण आउन बाँकी छ ।
(एजेन्सीको सहयोगमा)
