सार्क जर्नालिष्ट फोरमको नेपाल च्याप्टरको पहिलो अधिवेशन लुम्बिनीमा आयोजना गरिने

सदरलाइन संवाददाता १३ माघ २०८०, शनिबार १७:४४
 

काठमाण्डौ :  सार्क जर्नालिष्ट फोरमको नेपाल च्याप्टरको पहिलो अधिवेशन तयारीका लागि नेपाल च्याप्टरका सदस्य रुद्र सुवेदीलाई अधिवेशन तयारी समितिको संयोजक र मोहम्मद आरिफ अन्सारीलाई सहसंयोजकको जिम्मेवारी दिईएको छ । पहिलो अधिवेशन लुम्बिनी प्रदेशमा गरिने भएको छ ।

सार्क जर्नालिष्ट फोरमका अन्तराष्ट्रिय अध्यक्ष राजु लामाको प्रमुख आतिथ्यतामा र महासचिव मोहम्मद अब्दुर रहमानको विशिष्ठ आतिथ्यतामा सम्पन्न नेपाल च्याप्टरको जुम मिटिङ्गले सो निर्णय गरेको नेपाल च्याप्टरका अध्यक्ष प्रकाश सिलवालले जानकारी दिए ।


‘सार्क जर्नालिष्ट फोरमको नेपाल च्याप्टरको पहिलो अधिवेशन लुम्बिनी प्रदेशमा आयोजना गरिने छ । यसको तयारीको लागि नेपाल च्याप्टरका सदस्य सुवेदीलाई संयोजक र अन्सारीलाई सहसंयोजक तोकिएको छ ।

अधिवेशनको मिति र स्थान कही दिनभित्रै तोकिने छ’–उनले भने । पहिलो अधिवेशनमा नेपाल च्याप्टरका सदस्यहरु तथा अन्तराष्ट्रिय पत्रकारहरुको सहभागिता रहने सो सम्मेलनमा पत्रकारहरुका राष्ट्रिय तथा अन्तराष्ट्रिय मुद्दा, समस्या र समाधानको लागि सार्क जर्नालिष्ट फोरमले खेलेको भुमिकाको बारेमा विचार विमर्श हुने थालोको रुपमा हुने अपेक्षा गरिएको अध्यक्ष सिलवालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीनदी आसपासका क्षेत्रको फोहोर व्यवस्थापन गरिँदै

१३ माघ २०८०, शनिबार १७:४४
नेपालगञ्ज : बाँकेको राप्ती नदी आसपासको फोहोर व्यवस्थापनलाई युवाहरुले प्रभावकारी बनाउँदै लगेका छन् । राप्ती सरसफाइ अभियानको आज छैठौ शनिवार क्लीन नेपालगञ्ज ग्रीन नेपालगञ्जका युवाहरुको नेतृत्वमा जनप्रतिनिधि तथा स्कुले विद्यार्थीहले राप्ती नदी आसपासको क्षेत्रमा सरसफाई गरेका छन् । राप्ती नदीमा फ्याँकिएका प्लाटिकका थैला, फूलमालालगायत अन्य फोहरजन्य कच्चापदार्थले नदीलाई कुरुप बनाएको […]