भ्रष्टाचारी नै भ्रष्टाचारबिरुद्धको अभियन्ता हुनु दुर्भाग्य : महासचिव भट्ट

सदरलाइन संवाददाता ६ जेष्ठ २०८०, शनिबार २०:०८
 

नेपालगञ्ज  : राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले मुलुकमा सञ्चालन हुँदै गरेको भ्रष्टाचार बिरुद्धको आन्दोलनका अगुवाहरु नै भ्रष्टचारी भएको दाबी गरेका छन् ।

पार्टीले सञ्चालन गरेको मेची–महाकाली अभियानको क्रममा नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन । उनले भने–‘जो बढी भ्रष्टाचार बिरोधी राग ओकल्दै आन्दोलनमा होमिएका छन् उनीहरुको आम्दानीको स्रोत र उनीहरुको रहन सहनको स्रोतमा समेत शंका गर्ने धेरै ठाँउहरु छन् ।

उनले केही राजनीतिक दलका नेतृत्वमा रहेका नेताहरुको नामै उल्लेख गर्दै भने–‘चर्को कुरा गर्ने र सस्तो लोकपृयता कमाउनेहरुको जीवन शैलीको आम्दानी मात्र खोजे पुग्छ । यसले उनीहरु कत्तिको सदाचारी हुन भन्ने देखाउछ ।’


उनले बर्तमान राजनीति भुटानी शरणार्थी प्रकरणको वरिपरि मडारिएको बताउदै दोषिलाई उम्कनै नदिनेगरी कारवाहीको दायरामा ल्याउन माग गरे ।

उनले पछिल्लो पटक रवि लामिछानेको नेतृत्वमा खोलिएको पार्टी अमेरिकाको स्वार्थ पूरा गर्ने उद्देश्यले खोलिएको दावी गरे । विषेश गरी अमुक धर्मको अनुयायी बढाउन र नेपाललाई खेल मैदान बनाउनको लागि प्रयोगमा ल्याईएको उनको दावी छ ।

राष्ट्रिय जनमोर्चाले सत्ता गठबन्धनको मुख्य उद्देश्य महत्वपूर्ण पद खरिद विक्रि गर्ने र अस्थिताको अवस्था कायम गरिराख्ने भएकोले जनहितमा काम गर्न नसकेको दावी गरे । उनले बर्तमान सरकारको नीति तथा कार्यक्रम केही फरक र विवाद रहित बनाउन खोजिए पनि निकास र विकास दिन सक्ने नभएको टिप्पणी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

परस्पुरमा ट्राफिक प्रहरीमाथि कुटपीट

६ जेष्ठ २०८०, शनिबार २०:०८
नेपालगञ्ज : नेपालगञ्जमा एक जना ट्राफिक प्रहरी ड्युटीमै कुटिएको घटना बाहिर आएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १७ परस्पुरमा शुक्रबार ट्राफिक चेकिङमा खटिएका प्रहरी सहायक निरीक्षक जंगबहादुर बस्नेत ड्युटी स्थलमै कुटिएका हुन् । आफूमाथि स्थानीय युवाहरूले कुटपिट गरेको बस्नेतले बताएका छन् । बस्नेत सहकर्मीको टोलीसहित सवारी चेकिङका लागि शुक्रबार […]