‘पदाधिकारी मनोनयन हुन्छ, शिघ्र महाधिवेशन हुँदैन्’

८ बैशाख २०७५, शनिबार १७:११
 

सदरलाइनडटकम , 
८ बैशाख, काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रमेश लेखकले वर्तमान सरकारको बारेमा टिकाटिप्पणी गर्नु हतारो हुने भएपनि सरकारले हतार गरेर अघि बढेको आरोप लगाए । लेखकले भने,‘वर्तमान सरकार केही गर्न नसक्ने मनोविज्ञानका साथ पूर्व तयारी गरिरहेको छ ।’
उनले अघि थपे,‘सरकार अहिले जुन हतार गरेर अघि बढेको छ, यो राम्रो भएन्, सरकारले हतार गरेर राष्ट्रपतिलाई ठीक/बेठीक प्रक्रियामा सलंग्न गराएको थियो, अब अर्थमन्त्रीले जारी गरेको स्वेतपत्र कै कुरा गर्नुहुन्छ भने उहाँले राज्यको ढुकुटी रित्तियो भन्नुभयो, तर अहिले पनि पुँजीगत खर्च डेढ खर्ब छ, यो तीन महिनाभित्र प्रति दिन १३ अर्ब रुपैयाँ खर्च गर्नुपर्छ भनेर कान्तिपुर पत्रिकाले तथ्यसहित समाचार प्रकाशन गरेको छ, कान्तिपुरको समाचार सत्य हो कि अर्थमन्त्रीको स्वतेपत्र ?, हो, यही हो सरकारको हतारो ।’
नेपाली कांग्रेस विगत ७ दशकको ईतिहाँसमा सबैभन्दा बढि प्रतिपक्षमै बसेर आफ्नो भूमिका निर्वाह गरेको स्मरण गर्दै लेखकले भने,‘हामी सशक्त, रचनात्मक र प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्छौ, यसमा कुनै दुईमत छैन।’ उनले प्रदेशमा पनि कांग्रेस प्रतिपक्षमै भएकोले सोही अनुसार आफ्नो भुमिका निर्वाह गर्ने विश्वास दिलाए ।
कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक भोलिदेखि सूचारु हुने बताउँदै लेखकले भने,‘विविध वषयमा छलफल भैरहेको छ, निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको कारणबारे सुक्ष्म ढंगले विश्लेषण हुन्छ।’ पार्टीले गरेका सकारात्मक र कमीकमजोरीहरु बारे पनि भोलिको बैठकमा छलफल हुने नेता लेखकले बताए ।
वर्तमान सरकारका नीतिहरु हेरेर ठिक छ भने सहयोग गर्ने र गलत छ भने विरोध गर्ने आफूहरुको तयारी रहेको लेखकले जनाए ।
केन्द्रिय कार्यसमिति बैठकपछि कांग्रेस एक ढिक्का हुने उनको विश्वास थियो । उनले भने,‘पार्टीभित्र केही मतभिन्नताहरु हुनु स्वभाविक हो, ती सबै भावनाहरुलाई सम्बोधन गरेर अघि बढ्छौं।’ मुलुक संघीय संरचनामा गएकोले पार्टीको संगठनात्मक ढाँचामा अघि बढाउने उनले जनाए ।
विधान संशोधन, पदाधिकारी मनोनित र महासमिति बैठकको सुनिश्चिततापनि यो बैठकले गर्ने उनको भनाई थियो । उनले भने,‘यो सँगसँगै रित्त रहेको केन्द्रिय सदस्यपनि पुर्ती गर्ने र विभागहरु गठन हुन्छन्।’ लेखकले अहिले महाधिवेशन कहिले गर्ने भन्ने कुरा बैठकको मुल मुद्दा नभएको जिकिर गरे ।
उनले भने,‘अहिलेको मुख्य एजेण्डा भनेको त चुनावमा पार्टीले व्यहारेको पराजयको समिक्षा गर्ने हो, कांग्रेसलाई पूरानै अवस्थामा फर्काउनेगरि हामी अघि बढेका छौं अहिले शिघ्र महाधिवेशन हुन सक्दैन्।’ नेता लेखकले भोलिको बैठकमा पदाधिकारी मनोनित गर्ने प्रस्ताव जाने/नजाने एकिन नभएपनि छिट्टै पदाधिकारी मनोनित हुने विश्वास दिलाए ।

Next Post

एमाले–माओवादीबीच एकता नहोस् भनेर केहीले दक्षिणकालीमा कालो बोका भाकल गरेका छन् : बडाल

८ बैशाख २०७५, शनिबार १७:११
सदरलाइनडटकम,  ८ बैशाख, काठमाडौं :  नेकपा एमालेका स्थायी कमिटि सदस्य केशब बडालले एमाले–माओवादी केन्द्रबीचको एकता नहोस् भनेर केहीले दक्षिणकालीमा कालो बोका भाकल गरेको आरोप लगाएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता बडालले एकता प्रक्रियामा केही विलम्ब हुँदा केही मानिसहरुको मन र भावना कुँडिएको बताउँदै भने,‘केही त […]